काठमाडौँ, चर्चित अभिनेता राजेश हमाल पछिल्लो समय पत्नी मधु भट्टराईसंग रमाइलो मुडमा देखिएका छन्। सन् २०१४ मा मधु भट्टराई र राजेश हमाल विवाह बन्धनमा बाधिएका थिए ।
केहि दिन अघि दुबई पुगेका राजेश र मधु विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा, देजर्ट सफारी लगायतका स्थानमा घुमेर निकै रमाइलो गरेक छन्। राजेशले त्यहा खिचिएका तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेका छन्। तस्विरमा राजेश र मधु निकै रोमान्टिक देखिएका छन्।
राजेश ९ जुन १९६४ पाल्पाको तानसेनमा जन्मिएका थिए। नेपालका एक चर्चित अभिनेता राजेशको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।