बार्सिलोना फिर्ता हुने भएपछि मख्ख आल्भेस, बार्सिलोनालाई पुनः विश्वको उत्कृष्ट क्लब बनाउने प्रण !

एजेन्सी – बार्सिलोनाका पूर्व ब्राजिली भेट्रान डिफेन्डर डेनी आल्भेस बार्सिलोना फर्किने भएका छन्। बार्सिलोनाको नयाँ प्रशिक्षकको रुपमा जाभी हर्नान्डेज नियुक्त भएसँगै आल्भेस बार्सिलोना फिर्ता हुने पक्का भएको हो।

बार्सिलोना इतिहाँसकै सबै भन्दा सफल डिफेन्डरको रुपमा रहेका आल्भेस फ्री एजेन्टका रुपमा बार्सिलोना आउन लागेको बताइएको छ। बार्सिलोनाका अनुसार आल्भेस आउने हप्ता देखि नै प्रशिक्षणमा सहभागी हुनेछन्। तर उनी जनवरी अगाडी खेल्न भने पाउनेछैनन्। आल्भेस बार्सिलोनामा सन् २००८ देखि २०१६ सम्म रहेका थिए। त्यसक्रममा उनले कयौं उपाधिहरु जितेका थिए।

आफ्नो पूर्वक्लबमा ५ वर्ष पछि फिर्ता हुने भएपछि आल्भेसले खुशी व्यक्त गरेका छन्। सामाजिक संजालमा एक पोस्ट राख्दै उनले खुशी व्यक्त गरका हुन्।

“पाँच वर्ष देखि म यहि पलको पर्खाइमा थिएँ। यो अवस्थामा फर्किनको लागि म हरेक पल लडिरहेको थिएँ। तर मलाई यो थाहा थियो कि म पक्का फर्किने छु।”,आल्भेसले सामाजिक संजालमा लेखेका छन्।

आल्भेसले विश्वको उत्कृष्ट क्लबलाई पुन: निर्माण गर्न सहयोग पुर्याउने प्रण पनि गरेका छन्। आल्भेसले सामाजिक संजाल मार्फत बार्सिलोनाको पुनः निर्माणमा डटेर लाग्ने प्रण गरेका हुन्।

उनले लेखेका छन्,”खास भन्ने हो भने यो ठाउँलाई मैले कहिले पनि छाडेको थिइनँ। विश्वको उत्कृष्ट क्लबलाई पुन: निर्माण गर्ने उहि चाहना सहित फेरी भेटौंला। “

प्रकाशित : शनिबार, कार्तिक २७, २०७८१६:३४

“एम्बाप्पे भन्दा फाती उत्कृष्ट छन्, नभए बराबर छन्”