ब्राजिलका पूर्व खेलाडी भन्छन् – ‘नेयमार मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट छन्’

एजेन्सी – ब्राजिलका पूर्व फुटबलर काफुले नेयमार प्राविधिक रुपमा लियोनेल मेस्सी र रोनाल्डो भन्दा पनि राम्रो खेलाडी रहेको बताएका हुन्। ब्राजिल सन् २०२२ को विश्वकपका लागि छनौट भैसकेको अवस्थामा काफुले नेयमार प्राविधिक रुपमा मेस्सी र रोनाल्डो भन्दा पनि राम्रो खेलाडी रहेको बताएका हुन्।

स्पेनिस मिडिया मार्काले आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्नेक्रममा काफुले नेयमार मेस्सी र रोनाल्डो भण्ड प्राविधिक रुपमा राम्रो भएपछि केहि पक्षहरुले नेयमारलाई पछि परिरहेको बताए। नेयमार नेतृत्व गर्ने मामलामा भने कम्जोर रहेको काफुको संकेत छ।

“नेयमार प्राविधिक रूपमा मेस्सी भन्दा राम्रो छन्, रोनाल्डो भन्दा राम्रो छन्। तर मलाई लाग्छ नेतृत्वको मामलामा भने उनी केहि पछि रहे।”,उक्त साक्षात्कारका क्रममा उनले भने। नेयमारले नेतृत्व लिन सक्नु पर्ने काफुले बताए। विश्वकप विजेता समेत रहेका काफुका अनुसार नेयमारले आफूमा नेतृत्वकलाको विकास गर्नुपर्ने हुन्छ।

काफुले यस भन्दा अगाडी पनि नेयमारको चर्चा गर्ने गरेका थिए। उनले यस भन्दा अगाडी पनि नेयमार मेस्सी र रोनाल्डो भन्दा राम्रो खेल्न सक्ने बताइसकेका छन्।

गएको एक दशक भन्दा बढी समय देखि फुटबल जगतमा राज गरिरहेका मेस्सी र रोनाल्डोको नजिक यदि कोहि पुगेको छ भने ती नेयमार हुन्। बार्सिलोनामा हुँदा नेयमारले आफ्नो करियरकै उत्कृष्ट फुटबल खेलेका थिए। पिएसजी पुगेपछि पनि उनी राम्रो प्रदर्शन गरिरहेका छन्।

तर जारी सिजनमा भने नेयमार आफ्नो लय समाउन संघर्षरत छन्। सन् २०२१-२२ को सिजन शुरु भएपछि नेयमारले पिएसजीका लागि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८१०:५०

गत दशकका सर्वश्रेष्ठ १० खेलाडी घोषित, मेस्सी कि रोनाल्डो नम्बर १ ? नेयमारको छैन नामो-निशान !