आकाशिदै सुनको भाउ, गत ५ महिना यता कै महँगो !

हप्ताको पहिलो दिन आइतबार सुनको भाउमा वृद्धि भएको छ। गत ४ दिन लगातार रूपमा बढेको सुनको भाउ आज पनि बढेको हो। बिहिबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको तोलाको ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ। छापावाला सुन शुक्रबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार २ सयले वृद्धि भएर ९४ हजार १ सयमा किनबेच भइरहेको छ।

सुन गत जेठ २० गते यताकै महँगो

आइतबार कायम भएको सुनको भाउ गत जेठ २० गते यता कै सबैभन्दा महँगो रहेको छ। गत जेठ २० गते छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रहेको थियो भने तेजाबी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको थियो। जसपछिका कुनै दिनमा पनि सुनको मूल्य आजको विन्दुमा पुगेको थिएन।

चाँदीको भाउ

आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार १२ सय ८५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८११:०६

हिजो १ सय ६८ दिन कै महँगो भएको सुनको मूल्य आज घट्यो, कति ?