आइतबार राति सर्बिया विरुद्धको खेलको अन्तिम समयमा गोल खाँदै पोर्चुगलले कतार २०२२ विश्वकपमा सिधै छनौट हुने मौका खेर फालेको छ। जसपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो निकै निराश देखिए। पोर्चुगलले अब विश्वकपका लागि छनौट हुनको लागि प्ले-अफ खेल्नु पर्नेछ।

फर्नान्डो सान्तोसको स्टारले भरिएको टोलीले अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्न समूह ए को अन्तिम खेलबाट एक अंक मात्र लिन आवश्यक थियो। एलेक्सान्डर मिट्रोभिकले अवे टोलीका लागि ९० औं मिनेटमा गोल गर्दै रोनाल्डोको टोलीलाई प्ले-अफमा धक्का नदिएसम्म पोर्चुगिज टोली लिस्बनमा अंक हासिल गर्ने क्रममा थियो।

सिधै विश्वकपमा छनौट हुने मौका हातमा रहेको तर त्यसलाई खेर फालेको थाहा पाएसँगै खेल सकिने बित्तिकै ३६ वर्षीय पोर्चुगिज कप्तानको अनुहारमा प्रष्ट रूपमा निराशा देख्न सकिन्थ्यो। उनी कुनै कुराको बारेमा स्पष्ट रूपमा क्रोधित थिए र खेलपछि ह्यान्डशेकको लागि सम्पर्क गर्दा कोच सान्तोसमाथिको रिस समेत पोखेका थिए।
हेर्नुहोस् निराश रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस बीच के भयो ?
IMAGENS EXCLUSIVAS DA TNT SPORTS! O CLIMA ESQUENTOU! 👀😳 Cristiano falou poucas e boas pro técnico Fernando Santos depois do apito final contra a Sérvia… #EliminatóriasNaTNTSports pic.twitter.com/kZr1M48gFM
— TNT Sports BR (@TNTSportsBR) November 14, 2021

