पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आइतवारको विश्वकप छनोटमा सर्बियाविरुद्ध खेलको इन्जुरी टाइममा पाएको पासलाई आफ्नो टिममेटलाई पास गर्नु साट्टो टाढाबाट नै भली गर्न रोजेपछि प्रशंसकहरूले आलोचना गरेका छन्।
लिस्बनको इस्टाडियो दा लुजमा भएको खेलको दोस्रो मिनेटमा लिल मिडफिल्डर रेनाटो सान्चेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। फर्नान्डो सान्तोसको टोलीलाई २०२२ को विश्वकपमा आफ्नो स्थान बुक गर्न मात्र ड्र आवश्यक रहेको थियो तर सर्बियाले पोर्चुगल विरुद्ध शानदार पुनरागमन जीत निकाल्दै विश्वकपमा सोझै छनौट भएको छ। पोर्चुगलले भने अब प्ले-अफ खेल्नु पर्नेछ।
खेलको ९२ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रस सर्बियाको डी-बक्सको नजिकै रोनाल्डोले पाए। म्यानचेस्टर युनाइटेड स्टारले उक्त बल आफ्नो छातीले नियन्त्रण गर्दै एक फन्को घुमे र निकै खराब भली प्रहारको प्रयास गरे। रोनाल्डोको उक्त प्रयास सिधै स्टेडियमको दर्शकहरु माझ पुग्यो। जसपछि अहिले फ्यानहरूले सामाजिक सञ्जालमा रोनाल्डोलाई ‘पूरै खेल बर्बाद गरेको’ र “आफैं मात्र नायक बन्न खोजेको” भन्दै आलोचना गर्न सुरु गरेका छन्।
Laughing @Cristiano
— Don Totti (@scaloni_fan) November 14, 2021
“आफूले जर्सी फुकालेर सेलिब्रेट गर्ने चाहनाले खेल नै बर्बाद नै गरे,” एक फ्यानले लेखे। अर्का फ्यान लेख्छन्,”खै के गर्न खोजेका थिए, खेल बराबरी गर्ने मौका खेर फाले।” अन्य थुप्रै फ्यानहरुले आफ्नो स्वार्थको लागि रोनाल्डोले टोलीलाई बराबरीबाट बन्चित गरेको समेत आरोप लगाएका छन्।