विश्वकप सबैका लागि विश्वका केही उत्कृष्ट प्रतिभाहरूको आनन्द लिनको लागि एउटा दृष्य हो। यस्तोमा केहि उत्कृष्ट खेलाडीको टोली यस पटकको विश्वकपमा छनौट नै नहुने खतरामा रहेका छन्।
डेभिड अलाबा र जान ओब्लाक जस्ता विश्व प्रसिद्ध नामहरू पहिले नै पुष्टि भइसकेका छन् कि यी स्टारले आउँदो संस्करणको विश्वकपमा सहभागिता जनाउने मौका पाउने छैनन्। यी खेलाडीको सूचीमा चाँडै अझ धेरै उच्च-प्रोफाइल खेलाडीहरु सामेल हुन सक्छन्, जस्तै तलको सूचीमा भएकाहरू।
एर्लिंग हालाण्ड

छनौट हुने स्थितिमा रहेको समयमा लाट्भीयासँग बराबरीमा रोकिएपछि नर्वे आउँदो विश्वकपमा छनौट नै नहुने स्थितिमा पुगेको छ। उक्त बराबरीको नतिजाको मतलब अब नर्वेले विश्वकप छनौटको आशा जिउँदो राख्नको लागि अन्तिम खेलमा नेदरन्यान्ड्स विरुद्ध टर्कीले मोन्टेनेग्रो विरुद्ध निकालेको नतिजा भन्दा उत्कृष्ट नतिजा निकाल्नु पर्नेछ। समूह जी मा नेदरन्यान्ड्स २० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको टर्की र तेस्रो स्थानमा रहेको नर्वेको समान १८-१८ अंक रहेपनि टर्की १ गोल अन्तरले अगाडी रहेको छ।
यस्तोमा विश्व फुटबलका उदाउँदो सुपरस्टार खेलाडी एर्लिंग हालाण्डको आफ्नो देशलाई सन् १९९८ पछि पहिलो पटक विश्वकपमा पुर्याउने सपना अधुरो नै रहन सक्छ।
लुइस सुआरेज

उरुग्वेले सन् २००६ देखि विश्वकप गुमाएको छैन, जब एट्लेटिको म्याड्रिडका स्ट्राइकर १९ वर्षका थिए, तर २०२२ को विश्वकपमा छनौट नहुने स्थितिमा रहेको छ २ पटकको विश्व विजेता उरुग्वे। शनिबार अर्जेन्टिनासँगको हारले चिली र कोलम्बियासँग अंकको बराबरी भए पनि उरुग्वे कोनमेबोलको छनोट समूहको प्ले-अफ स्थितिबाट पनि बाहिर छ। तर उरुग्वेका लागि फाइदाको कुरा यो हुन सक्छ कि उनीहरु चौंथो स्थानको टोलीसँग बराबरी अंकमा रहेका छन् र आउँदो खेलहरु केहि सहज रहेका छन्।
क्रिस्टियानो रोनाल्डो

आइतवार राति सर्बियासँगको हारले म्यानचेस्टर युनाइटेड स्टारलाई क्रोधित मात्र बनाएको छैन, तर सन् २०२२ को विश्वकपमा आफ्नो उपस्थितिलाई शंकामा पनि छोडेको छ। पोर्चुगलले अब युईएफए को छनोट प्ले-अफबाट विश्वकपमा आफ्नो स्थान बनाउने पर्नेछ र आफ्नो समूहको शीर्ष स्थानमा पुग्न असफल भएको रोनाल्डोको टोलीले केही कडा प्रतिद्वन्द्वीहरूको सामना गर्न सक्छ।
यदि पोर्चुगल कतार विश्वकपमा छनौट हुन नसके रोनाल्डोको कीर्तिमानी पाँचौं पटक विश्वकप खेल्ने सपना अधुरो नै रहन पनि सक्छ।
रोबर्ट लेवान्डोस्की

स्थिति रोनाल्डोकै जस्तो पोल्याण्डको सबैभन्दा महान स्ट्राइकरको लागि पनि यही कुरा सत्य हो, किनकि पोल्याण्ड समूह आइ मा इङ्ल्यान्ड भन्दा पछि पर्दै दोस्रो स्थानमा रह्यो, जसको मतलब तिनीहरू प्लेअफमा जानेछन्। पोल्याण्डले आफ्नो सम्पूर्ण छनोट अभियानमा एक पटक मात्र हारेको थियो, वेम्बलीमा इङ्ल्यान्डसँग लेट ह्यारी म्यागुइरको विजयी गोलले पोल्याण्डलाई प्ले-अफमा पुर्यायो।

