अन्ततः अर्जेन्टिना पनि विश्वकपका लागि छनौट !

एजेन्सी – कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२२ कतारका लागि छनौट भएको छ। बुधबार बिहान ब्राजिलसँग बराबरीमा रोकिएको अर्जेन्टिना इक्वेडरले जित निकालेसँगै विश्वकपका लागि छनौट भएको हो।

बुधबार बिहान भएको खेलमा इक्वेडरले चिलीमा २-० को गोल अन्तरले पराजित गर्यो। ९ मिनेटमै गोलको खाता खोलेको इक्वेडरले ९० मिनेट पछि थप गरिएको तेस्रो मिनेटमा दोस्रो गोल गर्न पुग्यो। इक्वेडरले जित निकालेसँगै अर्जेन्टिना विश्वकपका लागि छनौट भयो।

ब्राजिल भर्सेस अर्जेन्टिना

विश्वकपका लागि छनौट भैसकेको ब्राजिलसँग घरेलु टोली अर्जेन्टिनाले बराबरी खेल्यो। कुनै पनि टोलीबाट गोल हुन नसक्दा खेल ०-० मा टुंगियो। ब्राजिल स्टार फरवार्ड नेयमारबिना उत्रिएको थियो। नेयमारको स्थानमा भिनिसियस जुनिअरले मौका पाएका थिए।

बलमा राम्रो पकड बनाएपनि अर्जेन्टिनाले ब्राजिलको डिफेन्सलाई तोड्न सकेन। बलमा ५६ प्रतिशत अर्जेन्टिनाको पकड थियो। अर्जेन्टिनाबाट भएका ९ प्रहार मध्ये ३ प्रहार टार्गेटमा थिए। त्यस्तै ब्राजिलले पनि ९ प्रहार हानेको थियो। जस मध्ये २ प्रहार टार्गेटमा थिए।

भिनिसियस जुनिअरले केहि आक्रमणको प्रयास गरेपनि सफल हुन सकेन। मेस्सीले खेलको अन्त्यतिर गरेको प्रहारलाई गोलरक्षक एलिसन बेकरले विफल पारे।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८०८:५८

मेस्सीले काटे कतार विश्वकपको टिकट, रोनाल्डो भने बाहिरिने खतरा कायमै !