“सर्वश्रेष्ठ खेलाडी मेस्सी भएपछि कोपा अमेरिका जितिन्छ भन्ने पहिले नै थाहा थियो”- मार्टिनेज

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कप्तानका कारण आफ्नो टोलीले कोपा अमेरिका जित्छ भन्ने थाहा भएको दाबी गर्दै लियोनल मेस्सीको खुलेर प्रशंसा गरेका छन् । २९ वर्षीय एस्टन भिल्ला स्टारले लियोनल मेस्सी जस्तो प्रेरणादायी कप्तान हुनुको महत्वलाई जोड दिँदै पीएसजीका सुपरस्टारलाई विश्वकै सर्वश्रेष्ठ खेलाडी समेत भनेका छन् ।

मार्टिनेजले ट्य्क स्पोर्ट्सलाई भने,”यदि कसैले’यो २०२१ मा हुन्छ’ भनेको भए, कसैले कल्पना समेत गर्दैन थिए। तर हामीलाई थाहा थियो कि हामीले कोपा अमेरिका जित्ने छौं, हामीसँग विश्वकै उत्कृष्ट खेलाडी र हामीलाई राम्रो मार्गदर्शन गर्ने कोही (लियोनेल मेस्सी) छन्।”

लियोनेल मेस्सी २०२१ को कोपा अमेरिकामा अर्जेन्टिनाका सबैभन्दा मूख्य र महत्वपूर्ण खेलाडी थिए। ३४ वर्षीय अर्जेन्टिनी कप्तान कोलम्बियाका लुइस डियाजसँगै चार गोलसहित प्रतियोगिताको संयुक्त सर्वाधिक गोलकर्ता बनेका थिए। उनले प्रतियोगितामा सर्वाधिक गोलकर्ताका साथै उत्कृष्ट खेलाडीको अवार्ड समेत हात पारे।

यो ध्यान दिन लायक छ कि २०२१ कोपा अमेरिका ट्रफी लियोनेल मेस्सीको शानदार करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। पूर्व बार्सिलोना कप्तानले अर्जेन्टिनालाई १९९३ पछि पहिलो पटक कोपा अमेरिका जिताउन प्रमुख भूमिका खेलेका थिए। यसै कारण पनि उनी २०२१ ब्यालोन डी’ ओर अवार्डका लागि मुख्य दाबेदार रहेका छन्।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८११:५४

रोनाल्डो पिडामा राडोन्जिकको सान्त्वना, पछि सम्मानसहित यसो लेखे !