कसरी करौडौं सम्पत्तिकी मालिक्नी भईन त कट्रिना ?

एजेन्सी : कट्रिना कैफ (Kaitrina Kaif) को फिल्म ‘सूर्यवंशी’ (Sooryavanshi) ले यतिबेला बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ। कट्रिना अहिले बलिउडको टप हिरोइनमध्ये एक हुन्। उनले यो सफलता थुप्रै सालको मेहनतले हासिल गरेकी हुन्। उनको स्टारडमको अगाडी बलिउडका थुप्रै हिरो पनि ओझेलमा पर्छन्। कट्रिनाले अहिलेसम्म आफ्नो फिल्मी करियरमा धेरै ठुल्ठुला निर्माताहरुसँग काम गरेकी छिन्। कट्रिना एउटा फिल्म बराबर करौडौं पारिश्रमिक लिन्छिन्। तपाई उनको नेट वर्थ थाहा पाएर पक्कै दङ्ग पर्नुहुनेछ।

सन् २००३ मा कट्रिना कैफ(Kaitrina Kaif) ले फिल्म ‘बूम(Boom)’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिईन्। यो फिल्ममा उनले धेरै ग्लामरस सिन्स दिएकी थिईन्, तैपनि फिल्म बक्स अफिसमा फ्लप भयो। सन् २००४ मा रिलिज भएको फिल्म ‘सरकार’ बाट उनले आफू अङ्ग प्रदर्शन गर्न मात्र अगाडी नभएर आफ्नो अभिनय कौशलता पनि देखाईन्। हालसम्म उनले लगभग ४० फिल्ममा काम गरिसकिन्, जसमध्ये केही सुपरडुपर हिट भयो। भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार कट्रिना एउटा फिल्मको करिब ११ करोड रुपैयाँसम्म लिन्छिन्।

फिल्मबाट त कट्रिनाले करौडौं कमाउँछिन्, साथै विज्ञापनबाट पनि धेरै कमाई गर्छिन्। कट्रिना एउटा ब्रान्डको इन्डोर्स गर्न ६ देखि ७ करोड रुपैयाँसम्म लिन्छिन्। अहिले उनको नेट वर्थ २२४ करोड भारु छ।

मुम्बईमा बस्ने हरकोहीँको यहाँ आफ्नो घर होस् भन्ने सपना हुन्छ। तर कट्रिना करोडौँ कमाएर पनि भाडाको घरमा बस्छिन्। उनी महिना लाखौँ भाडा तिर्छिन्।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१८:२७

दुबै हातमा लड्डु :प्रिती जिन्टा ४६ वर्षको उमेरमा बनिन् जुम्ल्याहा सन्तानको आमा !