सानदार जितसँगै चेल्सीको ६ अंकको अग्रता !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सानदार जित निकालेको हो ।

किङ पावर स्टेडियम लेस्टरमा शनिबार राति भएको खेलमा चेल्सीको जितमा एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे र क्रिस्टियन पुलिसिसले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको १४औं मिनेटमा एन्टेनियो रुडिगरको गोलबाट चेल्सीले अग्रता लिनएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । २८औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले रिस जेम्सको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा वैकल्पिक खेलाडी क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको जित पक्का गरे । ६२औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका पुलिसिसले हाकिमी जियाचको पासमा गोल गरेका थिए ।

जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अंक पुगेको छ । चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ६ अंकले पछि पारेको छ । पराजित लेस्टर १५ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, मङि्सर ०४, २०७८२३:३२

अन्ततः मेस्सीले खोले खाता, पिएसजीको जित !