यी चार खेलाडी देखि छुटकारा पाए मख्ख हुनेछ रियल !

एजेन्सी – विन्टर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा स्पेनिस महारथी रियल म्याड्रिड खेलाडी किन्ने भन्दा पनि खेलाडी बेच्ने योजनामा केन्द्रित देखिन्छ। पिएसजीका किलियन एम्बाप्पेलाई भित्र्याउन गएको केहि सिजन देखि खासै खर्च नगरिरहेको रियलले आउने ट्रान्सफर विन्डोमा पनि केहि खेलाडीहरु बेच्ने योजना बनाएको हो।

लस ब्लान्कोस ग्यारेथ बेल, इडेन हाजार्ड, इस्को र मार्सेलोबाट छुटकारा पाउन पाए खुशी हुने देखिन्छ। यी खेलाडीहरुलाई जे जस्तो प्रस्ताव आएपनि बिक्री गर्ने रियलको योजना रहेको छ।

इस्कोले यस सिजनमा हालसम्म ६ ला लिगा खेलमा जम्मा १६६ मिनेट खेलेका छन्। कार्लो एन्सेलोटीको रोजाईमा पर्न नसकिरहेका उनले यस सिजनको च्याम्पियन्स लिगमा एक मौका समेत पाएका छैनन्। त्यस्तै मार्सेलोले पनि लालिगामा ८९ मिनेट खेलेका छन् भने च्याम्पियन्स लिगमा २१ मिनेटमा मात्र सिमित भएका छन्।

यता बेलले चोटका कारण अगस्टदेखि लस ब्लान्कोसका लागि खेलेका छैनन्। जारी सिजनमा केहि हद सम्म फिट रहेका हाजार्डले पनि रियलमा मौका पाइरहेका छैनन्। ला लिगाका १० खेलमा उनले ३ सय ४८ मिनेट खेल्ने मौका पाएका छन्। त्यस्तै उनले च्याम्पियन्स लिगमा ६६ मिनेट खेल्ने मौका पाए। रियलमा मौका नपाएपनि हाजार्डले बेल्जियमका लागि पाँच खेल खेलिसकेका छन्।

सिजनको शुरुवातमा पहिलो टोलीमा स्थान पाउने संकेत देखिएपनि भिनिसियस जुनियरको उत्कृष्ट फर्मका कारण हाजार्डलाई एन्सेलोटीले मौका दिरहेका छैनन्।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१०:१९

एम्बाप्पेलाई अड्याउन पिएसजीले ठूलो मूल्य चुकाउनुपर्ने, रियल भने पर्ख र हेरको अवस्थामा !