एम्बाप्पेको त्यो उत्कृष्ट पास, अनि मेस्सीले पेनाल्टी बक्स बाहिर बाटै हानेको त्यो गोल ! [भिडियो सहित]

एजेन्सी – बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सीले अन्ततः फ्रेन्च लिग वानमा खाता खोलेका छन्। शनिबार राति पिएसजीको घरेलु मैदानमा भएको खेलमा मेस्सीले नान्टेस विरुद्ध गोल गर्दै लिग वानमा गोलको खाता खोलेका हुन्।

फ्रान्समा टिक्न गार्हो परिरहेको भन्दै आलोचना भइरहेका बेला नान्टेस विरुद्धको खेलमा मेस्सीले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गरे। खेलको ८७ औं मिनेटमा किलियन एम्बाप्पेले उपलब्ध गराएको पासलाई मेस्सीले गोलमा परिणत गरे। एम्बाप्पेले दिएको पासलाई अगाडी बढाउनेक्रममा मेस्सीले पेनाल्टी बक्स भन्दा बाहिरैबाट प्रहार गरे। जुन प्रहारले सिधै नेट चुम्यो।

नान्टेस विरुद्धको खेलमा दुई गोलमा मेस्सीको भूमिका रह्यो। खेलको ८१ औं मिनेटमा मेस्सीले अगाडी बढाएको बललाई रोक्न खोज्दा डेनिस अप्पियाले आत्मघाती गोल गरे।

खेलको दोस्रो मिनेटमै एम्बाप्पेले अग्रता दिलाएपनि खेलको ७६ औं मिनेटमा नान्टेसले बराबरी गोल गरेपछि समस्यामा परेको पिएसजीको मेस्सीले उद्धार नै गरे।

डेब्यु गोलका लागि लाग्यो ६ खेल

लिग वानका पछिल्ला पाँच खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन्। पिएसजीमा अलि कम्जोर देखिएपछि मेस्सीको आलोचना समेत भएको थियो। पिएसजीका लागि मेस्सीले ६ खेलमा ४ सय १६ मिनेट खेलिसकेका छन्। यसक्रममा उनीबाट असिस्ट भने आउन सकेको छैन।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८०९:३७

८ खेल देखि नहारेको आर्सनललाई लिभरपुलले घुँडा टेकायो !