८ खेल देखि नहारेको आर्सनललाई लिभरपुलले घुँडा टेकायो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । लिभरपुलले आर्सनलमाथि ४–० को फराकिलो जित निकालेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकुमी मिनामिनोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।

प्रतिस्पर्धात्मक पहिलो हाफको ३९औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले गोलको खाता खोलेको थियो । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा हेडरमार्फत गोल गरेका थिए । ५२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । उनले साडियो मानेको पासमा गोल गर्न सफल भएका थिए । ७७औं मिनेटमा वैकल्पिक फरवार्ड ताकुमी मिनामिनोले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित पक्का गरे । मिनामिनो ७६औ मिनेटमा डिएगो जोटाको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै लिभरपुल १२ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको हो । लिभरपुल शीर्षस्थानको चेल्सीभन्दा ४ अंकले पछि तथा तेस्रो स्थानको सिटीभन्दा २ अंकले अघि छ । पराजित आर्सनल २० अंक जोडेर पाँचौ स्थानमा छ । आर्सनल यस भन्दा अगाडी प्रिमियर लिगका ८ खेल देखि अपराजित थियो ।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८०९:४८

युनाइटेडको हारपछि सामाजिक संजालमा व्यापक ट्रोल, रोनाल्डो पनि निशानामा !