युनाइटेडको हारपछि सामाजिक संजालमा व्यापक ट्रोल, रोनाल्डो पनि निशानामा !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु टोली वाटफोर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।

युनाइटेलाई हार चखाउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरे । युनाइटेडका वैकल्पिक खेलाडी डोनी भान डि विकले दोस्रो हाफमा एक गोल फर्काए।

पहिलो हाफमै दुई गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा पनि निरिह देखियो। भान डि विक बाहिरिएपछि १० खेलाडीमा समेटिएको युनाइटेडले ९० मिनेटपछि ४ मिनेटको अन्तरालमा २ गोल बेहोर्यो।

कम्जोर आँकिएको टोलीसंग लज्जास्पद हारे बेहोरेसँगै युनाइटेड र युनाइटेडका खेलाडीहरु सामाजिक संजालमा ट्रोल गरिएका छन्। क्रिस्टियानो रोनाल्डो देखि प्रशिक्षक ओले गुन्नार सोल्साए सम्मलाई सामाजिक संजालमा व्यपाक ट्रोल गरिएको छ।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१०:१७

यी चार खेलाडी देखि छुटकारा पाए मख्ख हुनेछ रियल !