युनाइटेडको लज्जासपद हारपछि ओले आउट !

एजेन्सी – म्यानचेस्टर युनाइटेडले ओले गुन्नार सोल्साएलाई प्रशिक्षक पदबाट हटाउने भएको छ। लगातारको खबर प्रदर्शन सँगै युनाइटेडले ओलेले बर्खास्त गर्ने निर्णय गरेको हो। आधिकारिक रुपमा घोषणा हुन बाँकी रहेको भएपनि युनाइटेडले ओलेलाई हटाउने निर्णय गरिसकेको विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्।

सन् २०१८ देखि युनाइटेडको जिम्मेवारी सम्हालेका ओलेले युनाइटेडको टोलीले केहि उल्लेखनीय प्रगति गरे पनि ओलेले युनाइटेडलाई थप अगाडी बढाउन नसक्ने निष्कर्ष सहित उनलाई प्रशिक्षक पदबाट हटाउने निर्णय युनाइटेडको बोर्डले गरिसकेको बताइएको छ।

गएको सिजन युनाइटेडलाई ओलेले प्रिमियर लिगको उप विजेता बनाएका थिए भने युरोपा लिगको फाइनल सम्म पुर्याएका थिए। तर जारी सिजनमा भने उनले युनाइटेडलाई सहित बाटोमा डोर्याउन सकिरहेका छैनन्।

जारी सिजनमा क्रिस्टियानो रोनाल्डो, राफेल भाराने, जोडन सान्चो जस्ता खेलाडीको आगमन भएपछि युनाइटेडले थप राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो। तर रोनाल्डो सहितको टोलीमा सन्तुलन कायम गर्न नै असफल भए।

शनिबार राति भएको खेलमा युनाइटेड वाटफोर्डसंग ४–१ को लज्जास्पद हार बेहोर्यो। १० खेलाडीमा समेटिएको युनाइटेड वाटफोर्ड सामू निरिह देखिएको थियो। क्रिस्टियानो रोनाल्डोले पनि युनाइटेडको उद्धार गर्न सकेनन्।

यस अगाडी युनाइटेडले लिभरपुल, म्यानचेस्टर सिटी, लेस्टर सिटीसंगको खेलमा लज्जास्पद हार बेहोरिसकेको छ। लगातारको हारपछि युनाइटेड च्याम्पियन्स लिग र युरोपा लिगका लागि समेत छनौट हुने सम्भावना बढेको छ।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८०८:४८

एम्बाप्पेको त्यो उत्कृष्ट पास, अनि मेस्सीले पेनाल्टी बक्स बाहिर बाटै हानेको त्यो गोल ! [भिडियो सहित]