मेस्सी-एम्बाप्पे तालमेल: च्याम्पियन्स लिग र लिग वान दुवैमा मेस्सीको खाता एम्बाप्पेले खोलिदिए ! [भिडियो]

एजेन्सी – बार्सिलोना छाडेर यसै सिजन पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सीले फ्रेन्च लिग वानमा खाता खोलेका छन्। शनिबार राति भएको खेलमा मेस्सीले नान्टेस विरुद्ध करियरको पहिलो लिग वान गोल गरे।

फ्रान्समा टिक्न गार्हो परिरहेको भन्दै आलोचना भइरहेका बेला नान्टेस विरुद्धको खेलमा मेस्सीले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गरे। खेलको ८७ औं मिनेटमा किलियन एम्बाप्पेले उपलब्ध गराएको पासलाई मेस्सीले गोलमा परिणत गरे। एम्बाप्पेले दिएको पासलाई अगाडी बढाउनेक्रममा मेस्सीले पेनाल्टी बक्स भन्दा बाहिरैबाट प्रहार गरे। जुन प्रहारले सिधै नेट चुम्यो।

नान्टेस विरुद्धको खेलमा दुई गोलमा मेस्सीको भूमिका रह्यो। खेलको ८१ औं मिनेटमा मेस्सीले अगाडी बढाएको बललाई रोक्न खोज्दा डेनिस अप्पियाले आत्मघाती गोल गरे।

खेलको दोस्रो मिनेटमै एम्बाप्पेले अग्रता दिलाएपनि खेलको ७६ औं मिनेटमा नान्टेसले बराबरी गोल गरेपछि समस्यामा परेको पिएसजीको मेस्सीले उद्धार नै गरे।

मिल्दै एम्बाप्पे र मेस्सीको तालमेल

मेस्सी पिएसजी जाँदा मेस्सी र एम्बाप्पे बीच कस्तो तालमेल हुने हो भन्नेमा सबै थियो। तर गएका केहि खेलहरुलाई हेर्ने हो भने एम्बाप्पे र मेस्सी बीच धेरै राम्रो तालमेल हुने संकेत देखिएको छ।

च्याम्पियन्स लिगमा पहिलो गोलका लागि असिस्ट दिएका एम्बाप्पेले लिग वानको पहिलो गोलका लागि पनि मेस्सीलाई असिस्ट दिए। पिएसजीबाट मेस्सीको डेब्यु लिग वन गोल र डेब्यु च्याम्पियन्स लिग दुवैमा एम्बाप्पेको भूमिका रह्यो। यसै गरी मेस्सीले पनि एम्बाप्पेका लागि गोलको अवसरहरु सिर्जना गरिरहेका छन्।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८११:५३

“रोनाल्डोबाट छुटकारा नपाएसम्म युनाइटेडले सुख पाउँदैन”