महान ग्रह बुधले तुला राशिको यात्रा समाप्त गरेर नोभेम्बर २१ गते बिहान ४ः४८ बजे वृश्चिक राशिमा प्रवेश गर्दैछ। यो राशिमा मंसिर १० गते बिहान ६ः०३ बजेसम्म गोचर हुनेछन् र त्यसपछि धनु राशिमा सर्नेछन् । मिथुन र कन्या राशिको स्वामी बुधलाई मीन राशिमा निम्न राशि र कन्या राशिमा उच्च राशि मानिन्छ। ज्योतिषशास्त्र अनुसार यसको प्रभाव सबैभन्दा बढी प्रभाव वाणिज्य, अर्थ, शिक्षा र न्याय मन्त्रालयमा रहने भएकाले जनताले मन्त्रीहरुको विभागमा सेवा वा व्यवसायका लागि निवेदन दिएमा राम्रो हुन्छ । यसको राशि परिवर्तनले अन्य सबै राशिमा कसरी प्रभाव पर्छ त्यो ज्योतिषले विश्लेषण गर्छ।
मेष राशि
राशिबाट आठौँ आयु भावमा गोचर गर्दा बुधको प्रभाव धेरै राम्रो हुन्छ भन्न सकिँदैन। उतार चढाव आउनेछ। विशेषगरी छालासम्बन्धी रोग, पाचनसम्बन्धी विकार र एलर्जीबाट बच्नुपर्छ । आफ्नो स्वभावमा उग्रता आउन नदिनुहोला। गुप्त शत्रुबाट बच्नुहोला। अदालती सम्बन्धित मामिलालाई आपसमा सुल्झाउनु होला।
वृषभ राशि
राशिबाट सप्तम भावमा गोचर गर्दा बुधको प्रभाव राम्रो रहनेछ । दाम्पत्य जीवनमा मधुरता रहनेछ। बिहे सम्बन्धित वार्ताबाट सफल रहनुहुनेछ। कार्य व्यापारमा उन्नति हुनेछ। पदोन्नति तथा मान-सम्मान वृद्दि हुनेछ। सन्तानको दायित्व पूर्ति हुनेछ।
मिथुन राशि
राशिबाट छैठौ शत्रुभावमा गोचर गर्दा बुद्धको प्रभावले उतार-चढाव रहनेछ। षड्यन्त्रको शिकार हुनबाट जोगिनुहोला । यस अवधिमा ऋणको लेनदेन पनि नगर्नुहोला। यात्राबाट लाभ मिल्नेछ।
कर्क राशि
राशिबाट पंचम विद्या भावमा गोचर गर्दा बुधको प्रभावले सफलता दिलाउनेछ। शिक्षा-प्रतियोगितामा आशातीत सफलता मिल्नेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नेछ। प्रेमसम्बन्धी मामिलामा प्रगाढता आउनेछ। प्रेम विवाहको लागि अनुकुल रहला।
सिंह राशि
राशिबाट चतुर्थ सुख भावमा गोचर गर्दा बुधको प्रभाव सामान्य नै रहनेछ। यस स्थानमा यसले साधारण फल नै दिन्छ। आर्थिक पक्ष बलियो हुनेछ। पारिवारिक झगडा एवम मानसिक तनावको सामना गर्न पर्नेछ। आमाबुबाको स्वास्थ्य प्रति चिंतनशील रहनुहुन्छ।
कन्या राशि
राशिबाट तृतीय पराक्रम भावमा गोचर गर्दा बुधको प्रभाव निकै मिल्दोजुल्दो रहला। आफ्नो साहस र पराक्रमको बलमा कठिन परिस्थितिबाट सजिलै विजय प्राप्त गर्न सक्नुहुनेछ। धर्म एवम् अध्यात्म प्रति रुचि बढ्नेछ। परिवारमा सानो भाईको सहयोग मिल्नेछ।
तुला राशि
राशि द्वितीयबाट धन भावमा गोचर गर्दा बुधको प्रभाव राम्रै मानिन्छ। उन्नति हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। आफ्नो योजना गोप्य राख्नुहोला। पारिवारिक माहोल खुशिमय रहनेछ। मांगलिक कार्यको सुवसर आउनेछ।
वृश्चिक राशि
तपाईको राशिमा गोचर गर्दा बुधको प्रभाव मिल्दोजुल्दो रहनेछ। स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नेछ। पेसामा पदोन्नती तथा स्थान परिवर्तनको योग बन्नेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ। चुनाव सम्बन्धि निर्णय लिन चाहनुहुन्छ भने सुनौलो अवसर प्राप्त होला।
धनु राशि
राशिबाट बार्हौ व्यय भावमा गोचर गर्दा बुधले अत्यधिक भागदौड र खर्चको सामना गर्नुपर्नेछ। विदेशी मित्र तथा आफन्तसँग अप्रिय समाचार प्राप्तिको योग छ। विवाह सम्बन्धित कुराकानीमा थोरै ढिलाई हुन सक्छ।
मकर राशि
राशिबाट एघारौ लाभ स्थानमा गोचर गर्दा बुध सफलता दायक रहनेछ। कार्य व्यापारमा उन्नति मिल्नेछ। सन्तान सम्बन्धि चिन्तामा कमी आउनेछ। नव दम्पत्तिको लागि सन्तान प्राप्ति एवम् प्रादुर्भावको योग छ। प्रेम सम्बन्धि मामिलामा उदासीनता टाढा रहनेछ।
कुंभ राशि
राशिबाट दशम कर्मभावमा गोचर गर्दा बुधको प्रभावले कार्य-व्यापारमा उन्नति हुनेछ अथवा राज्य सरकारको विभागमा प्रतीक्षित कार्य पनि सम्पन्न हुनेछ। आमाबुबाको स्वास्थ्य प्रति चिंतनशील रहनुहोला।
मीन राशि
राशिबाट नवौ भाग्य भावमा गोचर गर्दा बुधको प्रभाव राम्रै रहनेछ। धर्म एवं अध्यात्मको मामिलामा रुचि बढ्नेछ। धार्मिक विश्वास तथा अनाथालय आदिमा दान-पुण्य गर्नुहुनेछ। पेसामा पदोन्नति तथा नयाँ अनुबन्धको प्राप्तिको योग बन्नेछ। सन्तान सम्बन्धि चिन्तामा कमी आउनेछ।