प्रशिक्षक ओले गुन्नर सोल्स्कजायरलाई बर्खास्त गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको छ। नर्वेजियन प्रशिक्षकलाई अब क्लबमा कसले प्रतिथापन गर्ला भन्ने अहिले निकै चर्चाको विषय बनेको छ। धेरैले यसको आँकलन पनि गर्न थालेका छन्। यसका एक प्रमुख नाम रहेको छ पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रशिक्षक माउरिसियो पोचेटिनो रहेका छन्।

केहि रिपोर्टहरुका अनुसार मौरिसियो पोचेटिनो नयाँ म्यानचेस्टर युनाइटेड प्रबन्धक हुनको लागि एक प्रमुख उम्मेद्वार रहेका छन् र पेरिस सेन्ट-जर्मेन कोच पनि यस मौका समात्न खुला रहेको बताइएको छ। लगातारको खराब नतिजापछि युनाइटेडले आइतबार सोल्स्कजायरलाई बर्खास्त गर्दै माइकल क्यारिकले अस्थायी आधारमा टोलीको जिम्मेवारी लिने घोषणा गरेको हो।

यस्तोमा, क्लबले अर्को समरमा मात्र लामो अवधिको लागि प्रबन्धक नियुक्त गर्नु अघि सिजनको अन्त्यसम्म अन्तरिम प्रशिक्षक नियुक्त गर्ने अपेक्षा गरेको छ। पोचेटिनोको लामो समयदेखि प्रशंसक रहेको युनाइटेडले २०१९ मा जोसे मोरिन्होलाई बर्खास्त गरेपछि टोटेनह्यामका पूर्व प्रशिक्षकलाई ओल्ड ट्राफोर्डमा ल्याउने विचार गरेको थियो। यद्यपि, तत्कालिन समयमा अन्तरिम प्रशिक्षक नियुक्त भएका सोल्स्कजायरको प्रभावशाली दौडले उनलाई स्थायी आधारमा ओल्ड ट्राफोर्डमा काम दिलायो।

युनाइटेडको चासो साँच्चै कहिल्यै हटेको छैन तर क्लब सोल्स्कजायरको कामबाट निकै सन्तुष्ट रहेको थियो जब पोचेटिनो टोटनह्यामबाट बर्खास्त भएर पीएसजीसँग अनुबन्ध भए। यो बुझिएको छ कि पोचेटिनो पनि युनाइटेडले औपचारिक दृष्टिकोण अपनाएमा पीएसजीबाट आफू सरुवा हुनको लागि खुला रहेका छन्।

