करिब १ वर्षपछि भोलिको दिन निकै विशेष, गर्नुहोस् यी काम पूरा हुनेछ सम्पूर्ण मनोकामना !

संकष्टी चतुर्थी: भगवान गणेशको आशीर्वादले सबै समस्या पनि हट्छ र हरेक काममा सफलता पनि मिल्छ।

प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्थीमा संकष्टी चतुर्थी मनाइन्छ। यस वर्ष भने यस दिन तिथि अनुसार २० नोभेम्बरबाट सुरु हुनेछ । यस महिनाको संकष्टी चतुर्थी भोलि अर्थात मंसिर २३ गते मंगलबार पर्दैछ। चतुर्थी तिथी भगवान गणेशलाई समर्पित छ। यस दिन विधि अनुसार विध्‍नहर्ता गणपतिको पूजा आराधना गर्नाले व्रत बस्दा जीवनका समस्त समस्याहरु हटेर हरेक काममा सफलता मिल्छ । यसका साथसाथै गणपतिले कृपाले आफ्नो मनोकामना पनि पूरा हुने मान्यता रहेको छ ।

मंगलबार परेको चतुर्थीलाई निकै शुभ मानिन्छ । यसलाई अंगारकी संकष्टी चतुर्थी पनि भनिन्छ । चतुर्थी व्रत सुरु गर्न चाहनेले यो व्रत अंगारकी संकष्टी चतुर्थीबाटै शुरु गर्नुपर्छ । मार्गशीर्ष महिनाको संकष्टी चतुर्थी पनि मंगलबार नै हो । मार्गशीर्ष महिनाको संकष्टी चतुर्थी २२ नोभेम्बर २०२१ (सोमबार) को १०:२६ बजे बाट सुरु भएर २३ नोभेम्बर २०२१ (मङ्गलबार) मा १२:५५ बजे समाप्त हुनेछ। अर्कोतर्फ, चन्द्रोदय नोभेम्बर २३ मा ०८:२७ मा हुनेछ।


संकष्टी चतुर्थी व्रत गर्ने व्यक्तिले बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनु पर्छ । सम्भव भएमा यस दिन पहेँलो कपडा लगाउनुस् । यसपछि भगवानको अगाडि हात जोडेर व्रतको संकल्प लिनुहोस्। यस दिन कुनै पनि अन्नको दाना नखानुहोस्। त्यस पछी बेलुका चन्द्रोदयपछि मात्र व्रत तोड्नुहोस् । भोलिपल्ट बिहान सूर्यलाई जल अर्पण गर्नुहोस्। षोडशोपचार भगवान गणपतिको पूजा आराधन गर्नुहोस् ।

पूजाको समयमा भगवानलाई दुवो, फलफूल, फूल, चन्दन अर्पण गर्नुहोस्। धूप बल्नुहोस र भगवानलाई पहेँलो फूल र मोदक वा चनाको लड्डू चढाउनुहोस्। दिनभर व्रत बसेपछि साँझ चन्द्रोदयपछि आरती गरेर व्रत तोड्ने । यस दिन भगवान गणेशको मन्त्र जपका साथसाथै श्री गणेश स्तोत्रको पनि पाठ गर्नुहोस्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१२:२६

महान् ग्रह बुधको निकै ठूलो परिवर्तन, यी ६ राशिलाई अत्यन्त शुभ, कुन-कुन ?