बार्सिलोना च्याम्पियन्स लिग जित्ने दौडबाट आउट भएको मेस्सीले स्विकारे …

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सीले पूर्व क्लब बार्सिलोना च्याम्पियन्स लिग जित्ने दौडबाट बाहिर भैसकेको संकेत गरेका छन्। एक स्पेनिस मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले बार्सिलोनाले तत्काल च्याम्पियन्स लिग जित्ने सम्भावना नरहेको संकेत गरेका हुन्।

स्पेनिस मिडिया मार्काले यसपटक कुनै स्पेनिस टोलीले च्याम्पियन्स लिग जित्ने सम्भावना जित्ने सम्भावना देख्नुहुन्छ भनेर प्रश्न गर्दा मेस्सीले बार्सिलोना तुलनात्मक रुपमा कम्जोर रहेको बताए। उनका अनुसार रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिग जित्ने दौडमा छन्।

“रियल मड्रिड सधैं प्रतिस्पर्धात्मक हुन्छ। एट्लेटिको पनि त्यस्तै हो। यी दुई च्याम्पियन्स लिगक लागि लड्दैछन्। दुई लेग भएका प्रतियोगिताहरुमा यी दुई टीम दह्रो टक्कर दिन्छन्। पक्कै पनि यी दुई च्याम्पियन्स लिग जित्ने दौडमा छन्। तर बार्सिलोना भने पुनः निर्माणको क्रममा छ।”,मेस्सीले भने।

मेस्सी यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका हुन्। मेस्सीले छाडेपछि बार्सिलोना झनै कम्जोर भएको छ। च्याम्पियन्स लिगमा मात्र नभई घरेलु लिगमा पनि बार्सिलोनाको नाजुक अवस्था छ। च्याम्पियन्स लिगका ४ खेल खेल्दा बार्सिलोनाले २ जित निकालेको छ। बार्सिलोना च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश-नगर्ने भन्ने पनि ठेगान छैन।

मेस्सीले बार्सिलोना अहिले पुनः निर्माणको क्रममा रहेको मात्र बताएनन्, बार्सिलोना क्रमिक रुपमा राम्रो हुँदै जाने आशा पनि राखे। उनले जाभी बार्सिलोनाको प्रशिक्षकको रुपमा आएको कुरालाई भुल्न नहुने बताए।

उनले भने,”बार्सिलोना केहि कम्जोर भएको छ भन्दैमा कुनै उपाधिको लागि लड्न सक्दैन भन्न भने मिल्दैन। बार्सिलोनामा जाभी आएको कुरालाई पनि नजरअन्दाज गर्न मिल्दैन।”

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१७:२४

मेस्सीले अझै भुलेका रहेनछन् लिभरपुलले हराएको, फेरी उस्तै लयमा देख्दा तर्सिए !