च्याम्पियन्स लिग: पिएसजीसँग बदला लिने दाउमा सिटी, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा आज राति म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दैछ। उपाधिका दाबेदार मानिएका सिटी र पिएसजी बीचको खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल सिटीको घरेलु मैदानमा हुनेछ।

पेप गार्डियोलाको नेतृत्वमा म्यानचेस्टर सिटी प्रिमियर लिगमा सबै भन्दा बलियो टीमको रुपमा अगाडी बढिरहेको छ भने पिएसजी पनि स्टार खेलाडीहरुको उपस्थितले जारी सिजनमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। च्याम्पियन्स लिग जित्नको लागि गएको केहि सिजन देखि धेरै खर्च गरिरहेका दुई टोली बीचको प्रतिष्पर्धा रोचक हुनेछ।

पछिल्लो पटकको भेटमा पिएसजीले सिटीलाई पराजित गरेको थियो। पिएसजीको घरेलु मैदानमा भएको खेलमा सिटी २-० ले पछि परेको थियो। सिटीलाई पराजित गर्नेक्रममा यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले समेत गोल गरेका थिए।

च्याम्पियन्स लिग समूह ‘ए’को शिर्षस्थानमा सिटी रहेको छ भने पिएसजी दोस्रो स्थानमा। जारी सिजनमा चार खेल खेल्दा सिटीले ३ जित निकाल्दा मात्रै १ खेलमा हारेको छ। त्यस्तै पिएसजी भने जारी प्रतियोगितामा अपराजित छ। पिएसजीले ४ खेलमा ३ जित निकालेको छ भने १ खेलमा बराबरी खेलेको छ।

आज विजयी हुने टोली च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ। हार्ने टोली च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न अर्को खेल जित्नुपर्ने दबावमा हुनेछ।

खेल कुन च्यानलमा हेर्ने ?

पिएसजी र सिटी बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१०:१९

यदि यस्तो भए बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै हुनेछ आउट !