सुन २० दिनकै सस्तो ! कति ?

काठमाडौँ – आज पनि सुनको मूल्य घटेको छ। आइतबार घटेर सोमबार बढी मंगलबार घटेको सुनको मूल्य आज बुधबार पुनः घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढेर सोमबार २ सय रुपैंयाँले बढेको थियो भने मंगलबार १ हजार ६ सय रुपैंयाँले घटेको थियो। आइतबार छापावाला सुन ९३ हजार ७ सय, सोमबार ९३ हजार ९ सय र मंगलबार ९२ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९३ हजार २ सय, सोमबार ९३ हजार ४ सय र मंगलबार ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन करिब ३ हप्ताकै सस्तो

बुधबारको गिरावटसँगै सुनको मूल्य करिब ३ हप्ता यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य कार्तिक १८ गते अर्थात २० दिनकै सस्तो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ३० ले घटेर १ हजार २ सय २५ कायम भएको छ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८११:४९

नेप्से झिनो अंकले उकालो लाग्यो: यी कम्पनीका शेयर मूल्य ह्वात्तै बढे !