एजेन्सी – च्याम्पियन्स लिग समूह चरण अन्तर्गत आज ८ खेलमा १६ टोली बीच प्रतिष्पर्धा हुँदैछ। समूह ‘ए’ देखि समूह ‘डी’ सम्मका १६ टोलीहरु बीच प्रतिष्पर्धा हुन लागेको हो। मंगलबार राति ८ खेलमा १६ टोलीहरुले प्रतिष्पर्धा गरेका थिए। बाँकी १६ टोलीहरुले आज पाँचौ चरणका खेल खेल्नेछन्।
पाँचौ चरणका खेल चल्दै गर्दा च्याम्पियन्स लिगको नकआउट चरणका लागि विभिन्न टोलीहरु छनौट भैसकेका छन्। नकआउट चरणका लागि छनौट भैसकेका टोलीहरुमा बायर्न म्युनिख, चेल्सी, युभेन्टस, लिभरपुल, आयक्स र म्यानचेस्टर युनाइटेड रहेका छन्। यसमध्ये बायर्न म्युनिख, लिभरपुल र म्यानचेस्टर युनाइटेड समूह विजेताका रुपमा नकआउट चरणका लागि छनौट भएका हुन्।
आज कुन-कुन खेल ?
च्याम्पियन्स लिग अन्तर्गत आज समूह ‘ए’ देखि समूह ‘डी’ सम्म टोलीहरु बीच प्रतिष्पर्धा हुनेछ। आज राति नहुने खेलले केहि समूहबाट नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुको टुंगो पनि लगाउनेछ।
समूह ‘ए’ का म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सिटीको मैदानमा एक-अर्काको सामना गर्नेछन्। खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल सोनी टेन २ मा हेर्न सकिनेछ। त्यस्तै समूह ‘ए’कै ब्रुग र आरबी लाइप्जिङ पनि आजै भिड्दै छन्। खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
त्यस्तै समूह ‘बि’बाट नकआउटका लागि छनौट भैसकेको लिभरपुलले आज पोर्टोको सामना गर्नेछ। लिभारौल लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल सोनी टेन १ मा हेर्न सकिनेछ।
समूह ‘बि’कै एट्लेटिको म्याड्रिडले एसी मिलानको सामना गर्नेछ। एट्लेटिकोको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुन्छ भने खेल सोनी सिक्स च्यानलमा हेर्न सकिनेछ।
त्यस्तै समूह ‘सि’ अन्तर्गतका खेलहरु पनि आजै हुनेछन्। बेसिक्टासले आयक्सको नेपाली समय अनुसार ११ बजेर ३० मिनेटमा सामना गर्दा स्पोर्टिङ सिपिले बोरुसिया डर्टमन्डको १ बजेर ४५ मिनेटमा सामना गर्नेछ। बेसिक्टास र आयक्स बीचको खेल सोनी सिक्स च्यानलमा प्रशारण हुनेछ।
समूह ‘डी’ अन्तर्गत शेरिफले रियल म्याड्रिडको सामना गर्नेछ। खेल नेपाली समय अनुसार १ बजेर ५ मिनेटमा शुरु हुनेछ। खेल सोनी टेन ३ च्यानलमा हेर्न सकिनेछ। त्यस्तै इन्टर मिलानले साख्तर डोनेस्कको सामना गर्नेछ। खेल नेपाली समय अनुसार ११ बजेर ३० मिनेटमा शुरु हुनेछ। खेन सोनी टेन २ मा हेर्न सकिनेछ।
(ब्रुग र आरबी लाइप्जिङ, स्पोर्टिङ सिपि र बोरुसिया डर्टमन्ड बीचको खेल भने नेपालमा उपलब्ध हुने कुनै पनि च्यानलले प्रशारण गर्ने छैनन्)