लेवान्डोस्कीले तुना खुस्केको बुट लगाएर बाई-साइकल गोल गरे, देऊ उसलाई ब्यालोन डी ओर !

बालोन डी’ओर घोषणा हुनुभन्दा छ दिन अघि, बार्यन स्टार रोबर्ट लेवान्डोस्कीले युक्रेनमा मङ्गलबार हिउँ परेको रातमा उत्कृष्ट ओभरहेड गोल गरेका छन्, जुन उनले तुना खुस्केको जुत्ताका साथ गरेका थिए।

यस सिजन क्लब र देशका लागि २४ खेलमा २९ गोल गरेका ३३ वर्षीय पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीले बायर्न म्युनिखका लागि च्याम्पियन्स लिगको समूह ई को खेलको पहिलो हाफमा डायनामो क्विभविरुद्ध गोल गरेका थिए। यस सिजन च्याम्पियन्स लिगमा अहिलेसम्म १० गोलमा प्रत्यक्ष संलग्न रहेका लेवान्डोस्की बायर्न म्युनिखको ट्रेबल विजेता अभियानमा ५५ गोल गरेपछि गत वर्षको बालोन डी’ओर अवार्डका लागि प्रमुख दाबेदार रहेका थिए।

गत वर्ष निर्विवाद दाबेदार रहेका बार्यन स्टार यस वर्षको अवार्डका लागि पनि प्रमुख दाबेदार रहेका छन्। स्वयम् लेवान्डोस्कीले पनि यस सिजन आफ्नो तथ्यांक बोल्ने विश्वास गर्छन्। “बालोन डी’ओर जित्ने सम्भावना मेरो लागि धेरै महत्त्वपूर्ण छ, यसले मलाई गर्व महसुस गराउँछ,” उनले मार्कालाई भने।

“यदि तपाईंले मैले हासिल गरेको सबै कुरा हेर्नुभयो भने, यो वर्ष मात्र होइन, गत वर्ष पनि जब उनीहरूले समारोह रद्द गरे, मैले धेरै उपाधि जितेको छु, धेरै गोल गरेको छु। च्याम्पियन्स लिग, सुपर कप, क्लब वल्र्ड कप जितेर यो जित्नु मेरो लागि धेरै अर्थपूर्ण हुनेछ। बुन्डेसलिगामा ४१ गोलको गर्ड मुलरको कीर्तिमान तोड्नु पनि एउटा ठूलो उपलब्धि थियो, जसले मलाई धेरै गर्व र खुसी बनायो। मैले के गरेको छु सबैले देख्न सक्छ,” उनले भने, “मेरो उपलब्धिहरू आफै बोल्छन् किनभने मेरो पछिल्लो दुई वर्ष मेरो लागि मात्र होइन इतिहासका कुनै पनि खेलाडीका लागि ठूलो उपलब्धि भएको छ।”

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१२:२८

अन्तिम ब्यालोन डी’ ओर पावर र्यान्किंग: मेस्सी वा लेवान्डोस्की कसले जित्ला अवार्ड ?