२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड अबको केहि दिन मै प्रदान गरिनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….
१०. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)
२०२१ मा: १४ गोल, १६ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि
९. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
२०२१ मा: ४३ गोल, ६ असिस्ट, कोपा इटालिया र सुपरकोपा इतलिया उपाधि
८. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)
२०२१ मा: ४३ गोल, १३ असिस्ट, डिएफबी पोकाल उपाधि
७. रोमेलु लुकाकु (चेल्सी)
२०२१ मा: ३० गोल, ८ असिस्ट, सेरी-ए उपाधि
६. करिम बेन्जामा (रियल म्याड्रिड)
२०२१ मा: ४१ गोल, १४ असिस्ट, नेसन्स लिग उपाधि
५. किलियन एम्बाप्पे (पीएसजी)
२०२१ मा: ४४ गोल, २२ असिस्ट, कोप डे फ्रान्स नेसन्स लिग र ट्रफी डेस च्याम्पियन उपाधि
४ . एन्गोलो कान्ते (चेल्सी)
२०२१ मा: २ गोल, १ असिस्ट, च्याम्पियन्स लिग र युईएफए सुपरकप उपाधि
३. जर्जिन्हो (चेल्सी)
२०२१ मा: ८ गोल, ३ असिस्ट, युरो कप, च्याम्पियन्स लिग र युईएफए सुपरकप उपाधि
२. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)
२०२१ मा: ६४ गोल, १० असिस्ट, बुन्डेसलिगा, क्लब वर्ल्डकप र डीएफबी सुपरकप उपाधि
१. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन)
२०२१ मा: ४१ गोल, १४ असिस्ट, कोपा अमेरिका र कोपा डेल रे उपाधि