पोचेटिनो पिएसजीमा भन्दा बढी युनाइटेडमा सफल हुने दावी !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका पूर्व स्ट्राइकर माइकल ओवेनले माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर म्यानचेस्टर युनाइटेड जानु पर्ने बताएका छन्। एक टेलिभिजन कार्यक्रममा बीच ओवेनले पोचेटिनोलाई पिएसजी छाडेर युनाइटेड जान सुझाव दिएका हुन्।

ओवेनका अनुसार पोचेटिनोका लागि युनाइटेड अनुकुल क्लब हो। पिएसजीमा भनेजस्तो धेरै स्वतन्त्रता नपाएका पोचेटिनोले युनाइटेड गएको खण्डमा आफ्नो तरिकाले काम गर्न पाउने ओवेनको भनाई छ। पिएसजीको टीमसँग भन्दा युनाइटेडको टीमसँग काम गर्दा पोचेटिनोले बढी सफलता हाँसिल गर्न सक्ने ओवेन बताउँछन्।

“मलाई लाग्छ कि पोचेटिनोले पिएसजीमा भन्दा युनाइटेडमा राम्रो गर्न सक्छन्। पिएसजी आफैंले टीम छनौट गर्छ। तर युनाइटेडमा भने उनले आफ्नो आवश्यकता अनुसार टीम छनौट गर्न पाउनेछन्।”,ओवेनले भने।

केहि महिना अगाडी मौका हुँदा युनाइटेडले पोचेटिनोलाई अनुबन्ध नगरेर गल्ती गरेको संकेत पनि ओवेनले गरे। उनका अनुसार युनाइटेडले पोचेटिनो फ्री ट्रान्सफरमा उपलब्ध हुँदा अनुबन्ध गर्नुपर्थ्यो।

उनले भने,”युनाइटेडले केहि महिना अगाडी पोचेटिनोलाई सित्तैमा अनुबन्ध गर्न सक्थ्यो। तर अब उनीहरुले पोचेटिनोका लागि ठूलो खर्च गर्नुपर्ने भएको छ।”

पूर्व खेलाडी ओले गुन्नार सोल्साएलाई प्रशिक्षकबाट हटाएपछि यतिबेला युनाइटेड नयाँ प्रशिक्षकको खोजिमा छ। युनाइटेडले दिर्घकालिन योजनामा साथ दिने प्रशिक्षक खोजिरहेको छ। त्यसका लागि सबै भन्दा अगाडी पोचेटिनोको नाम आएको छ।

बताइएअनुसार, पोचेटिनो आफैं पनि युनाइटेडमा काम गर्न इच्छुक छन्। पिएसजीमा सन्तुष्ट हुन नसकिरहेका उनी युनाइटेड जान चाहन्छन्। साथै पिएसजी पनि पोचेटिनोलाई हटाएर नयाँ प्रशिक्षक नियुक्त गर्ने योजनामा छ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:१७

लेवान्डोस्कीले ब्यालोन डी ओर जित्नुपर्छ भन्नेले पनि अब हार माने, मेस्सीले जित्ने स्वीकारे !