लेवान्डोस्कीले ब्यालोन डी ओर जित्नुपर्छ भन्नेले पनि अब हार माने, मेस्सीले जित्ने स्वीकारे !

२०२१ ब्यालोन डी’ओर लडाई हालैका वर्षका सबैभन्दा प्रतिस्पर्धात्मक मध्ये एक हुने सम्भावना उच्च रहेको छ। विशेषगरी, थुप्रै खेलाडीहरूले यस अवार्ड जित्नको लागि ठोस दाबेदारी प्रस्तुत गरेका छन्।

सन् २०२० मा यस अवार्ड रद्द हुनुअघि बार्यन सुपरस्टार रोबर्ट लेवान्डोस्की गत वर्ष ब्यालोन डी ओर जित्ने प्रमुख दाबेदार रहेका थिए। २०२०-२१ सिजनमा बार्यन म्युनिखलाई ट्रेबल जिताउन मुख्य भूमिका खेलेका पोलिस स्ट्राइकरले आफ्नो उच्च लय जारी सिजनसम्म पनि निकै उत्कृष्ट राखेका छन्।

मोहम्मद सलाहले लिभरपुलमा आफ्नो करियर कै उत्कृष्ट फुटबल खेलिरहेका छन्, लगभग हरेक हप्ता प्रिमियर लिग डिफेन्सलाई डरलाग्दो बन्दै छन् भने चेल्सीका मिडफिल्डर जोर्गिन्हो च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनशिप जितिसकेपछि प्रमुख प्रतियोगी रहेका छन्। र त्यसपछि, पक्कै पनि, त्यहाँ लियोनेल मेस्सी छन्: एक व्यक्ति जसको व्यक्तिगत प्रतिभाको कारण उनलाई कहिल्यै पछि राख्न सकिँदैन, र जसले अन्ततः २०२१ मा अन्तर्राष्ट्रिय उपाधिको खडेरी पनि तोडेका छन्।

२०२१ मा बार्सिलोना र पेरिस सेन्ट-जर्मेनका लागि ४० भन्दा बढी गोल गर्नुका साथै, मेस्सीले अर्जेन्टिनालाई यसै समरमा कोपा अमेरिकाको उपाधि जिताउनुका साथै प्रतियोगिताको उच्च गोलकर्ता, असिस्ट प्रदानक र सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए। महाद्वीपीय र विश्वकप फाइनलमा पराजय सहित धेरै अवसरहरुबाट वन्चित भएपछि यो ३४ वर्षीय स्टारको पहिलो अन्तर्राष्ट्रिय ट्रफी थियो।

पण्डित थियरी हेनरी र जेमी क्यारागर दुबैले पीएसजी फरवार्डको सम्भावनाको बारेमा छलफल गर्दा अन्तर्राष्ट्रिय उपलब्धिलाई आफ्नो दिमागको अगाडि राख्दै यस वर्षको ब्यालोन डी ओर अवार्ड विजेताको भविष्यवाणी गरेका छन्। हेनरीले सीबीएस स्पोर्ट्स गोलाजोलाई भने, “लियो मेस्सीले अन्ततः अर्जेन्टिनासँग कोपा अमेरिका जितेकोले ब्यालोन डी ओर जित्छन् भन्ने मलाई लाग्छ।”

क्यारागर भने हनरीको कुरामा त्यति विश्वस्त थिएनन्। उनले भने, “मलाई लाग्छ कि लेवान्डोस्कीले जित्नेछन्, मलाई लाग्छ कि उनी यो जित्न योग्य छन्। तर अन्तर्राष्ट्रिय प्रतियोगिताको जीतहरूले विजेता निर्णयमा ठूलो भूमिका खेल्न सक्छ। म लेवान्डोस्कीलाई छनोट गर्छु, तर मलाई लाग्छ मेस्सीले जित्न पनि सक्छन् किनभने मानिसहरूले महसुस गरेका छन् कि उनले अन्ततः अर्जेन्टिनाको लागि केही गरेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:४७

पिएसजीलाई झड्का, जिदानले विश्राम तोड्न मानेनन् !