एजेन्सी – अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको निधन भएको एक वर्ष पूरा भएको छ। म्याराडोनाको गएको वर्ष आजकै दिन निधन भएको थियो। फुटबल इतिहाँसकै सबै भन्दा सफल र उत्कृष्ट खेलाडीको रुपमा रहेका उनको निधनले सारा फुटबल जगतलाई दुखि बनाएको थियो।
म्याराडोनाको निधनले अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी पनि भावविवल भएका थिए। आफूले धेरै सम्मान गर्ने व्यक्तिको निधनले मेस्सीलाई ठूलो प्रभाव पारेको थियो। मेस्सीले त्यसबेला म्याराडोनालाई बार्सिलोनाबाट खेल्नेक्रममा श्रद्धाञ्जली समेत दिएका थिए।
मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिन नेवेल्स ओल्ड ब्वाइज क्लबबाट खेल्दा म्याराडोनाले लगाउने जर्सी लगाएका थिए। साथै पछि मेस्सीले सामाजिक संजाल मार्फत समेत श्रद्धाञ्जली दिएका थिए।
म्याराडोनाको निधन भएको एक वर्ष पुग्दै गर्दा मेस्सीले म्याराडोनालाई हिजो मात्रै गुमाएको लाग्ने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा म्याराडोनालाई स्मरण गर्दै उनी हिजो मात्र गएको जस्तो लाग्ने बताए। स्पनिस मिडिया मार्कालाई दिएको अन्तर्वार्तामा उनले म्याराडोनाको निधन भएको एक वर्ष बितिसकेको भएपनि याद भने आइरहने उल्लेख गरे।
“मलाई अनौठो अनुभूति भइरहेको छ। माली हिजो मात्र उहाँ गएको जस्तो लाग्छ। यो अविश्वसनीय लाग्छ कि उहाँबिना एक वर्ष बितिसकेछ। अर्जेन्टिना यति धेरै वर्ष पछि फेरि [कोपा अमेरिकाको] च्याम्पियन भएको छ।”,मेस्सीले भने।
म्याराडोना जस्तो दिग्गजसँग समय व्यतित गर्न र केहि सिक्न पाउनु आफ्नो भाग्यको कुरा रहेको पनि मेस्सीले बताए। उनले भने,”हामीले सँगै बिताएका पलहरु सधैं सम्झनामा हुनेछ। म भाग्यमानि रहेछु र त मैले उहाँबाट केहि सिक्ने मौका पाएँ।”

