अर्को हप्ता मेस्सीले आफ्नो सातौँ ब्यालोन डी ओर जित्दै !

स्पेनिस पत्रकार सर्जियो गोन्जालेजका अनुसार पेरिस सेन्ट-जर्मेन (पीएसजी) सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरमा सातौं पटक बालोन डी’ओर जित्नेछन्, जसको बारेमा अर्जेन्टिनी स्टारलाई जानकारी गराइएको पुष्टि गरेका छन्।

३४ वर्षीय पीएसजी स्टार मेस्सीले बार्यन म्युनिख स्टार रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सातौँ पटक अवार्ड जित्न सेट रहेका छन्। पोलिस स्टार खेलाडी गत वर्ष निर्विवाद रूपमा यस अवार्डका लागि दाबेदार मानिएता पनि उक्त अवार्ड रद्द भएको थियो। मेस्सीको सम्भावित बालोन डी’ओर विजय फुटबल इतिहासको सबैभन्दा प्रतिष्ठित क्षणहरू मध्ये एक हुन सक्छ, किनकि मेस्सीले पीएसजीको जर्सीमा पहिलो पटक फ्रान्स फुटबल शोपीस जित्नेछन्।

सन् २००४ मा बार्सिलोनाको लागि आफ्नो डेब्यू गरेपछि मेस्सीले स्पेनिस क्लबमा ६ पटक यस अवार्ड जित्न सफल भएका छन्। अर्जेन्टिनी कप्तानको पछिल्लो ब्यालोन डी’ओर विजय २०१९ मा आयो, जब उनले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछि पार्दै छ पटक अवार्ड जित्ने इतिहासको पहिलो खेलाडी बने। त्यस्तै, विभिन्न रिपोर्टहरुलाई मान्ने हो भने अर्को हप्ता मेस्सीले सातौँ अवार्ड पनि जित्नेछन्। लेवान्डोस्की, मोहम्मद सलाह, जोर्गिन्हो र क्रिस्टियानो रोनाल्डो शीर्ष १० मा पर्नेछन्।

यसै सिजन मात्र निकै अप्रत्याशित रूपमा बार्सिलोनाबाट पीएसजी प्रस्थान गरेका पूर्व बार्सिलोना कप्तान पीएसजीको जर्सीमा खेल्दै गर्दा ब्यालोन डी ओर जित्ने पहिलो खेलाडी बन्नेछन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१५:०७

एम्बापेलाई अब पीएसजीमा कसैको बाउले पनि रोक्न सक्दैन, न मेस्सी न जिदान !