एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख बार्सिलोनाका युवा स्टारको लागि १ सय मिलियन युरो भन्दा बढी रकम तिर्न तयार भएको खुलासा भएको छ। बायर्न बार्सिलोनाका पेड्रीलाई १ सय मिलियन युरो भन्दा बढी रकम खर्च गर्न तयार भएको विभिन्न संचार माध्यमहरुले खुलासा गरेका हुन्।
क्लबका धेरै जस्ता खेलाडीहरुको उमेर ढल्कँदै गएको अवस्थालाई मध्यनजर गर्दै बायर्नले युवा खेलाडीहरुको खोजि शुरु गरेको बताइन्छ। त्यसक लागि उसले अन्य क्लबका विभिन्न खेलाडीहरुलाई नजिकबाट नियालिरहेको छ।
अहिके बायर्नको ध्यान सबै भन्दा बढी पेड्रीमा केन्द्रित छ। गत सिजन देखि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका पेड्रीमा बायर्नले भविष्य देखिएको विभिन्न संचार माध्यमहरु बताउँछन्। पेड्रीका लागि बायर्न ठूलो रकम तिर्न समेत तयार छ। बायर्न पेड्रीक लागि १ सय मिलियन युरो भन्दा बढी रकम तिर्न तयार भएको बताइन्छ।
दिर्घकालिन योजनामा जुलियन नागल्सम्यान
यसै सिजन बायर्नको प्रशिक्षकको रुपमा आएका जुलियन नागल्सम्यानले भविष्यलाई मध्यनजर गर्दै युवा टोली निर्माण गर्ने योजना बनाइरहेका छन्। क्लबका धेरै जस्ता खेलाडीहरुको उमेर ढल्कँदै गएको अवस्थालाई ध्यानमा राखेर उनले यस्तो योजना बनाइरहेको बुझ्न सकिन्छ।
क्लबमा पहिला देखि नै लेरोय साने, सर्ज गनाब्री, जमाल मुसियाला, डेयोट उपमेकानो, अल्फोन्सो डेभिस र जोशुआ किमिच जस्ता युवा खेलाडीहरु छन्। यसमा पेड्री थप गर्ने उनको योजना छ। यस सम्बन्धमा उनले क्लबलाई जानकारी समेत गराइसकेका छन्। जससँगै क्लब पेड्रीलाई भित्र्याउने बाटो खोजिरहेको छ।
बार्सिलोनाले बिक्रि गर्दा ?
पेड्रीले यसै सिजन बार्सिलोनामा नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झौताका अनुसार बार्सिलोनामा पेड्रीको सम्झौता सन् २०२६ सम्मका लागि छ। बार्सिलोनाले पेड्रीको रिलिज क्लज इ मिलियन युरो राखेको छ। यसबाट प्रष्ट हुन्छ कि बार्सिलोना पेड्रीलाई लामो समय क्लबमा राख्न चाहिरहेको छ। तर आर्थिक अवस्थाले भने बार्सिलोनालाई पेड्री बेच्न बाध्य बनाउन सक्छ।

