सन् २०२२ भरी यी ४ राशिमा रहनेछ माता लक्ष्मीको विशेष कृपा, खुब धनलाभ मिल्नेछ !

अब केही दिनपछि सन् २०२१ समाप्त हुँदै नयाँ वर्ष २०२२ सुरु हुनेछ। नयाँ वर्ष आउँदा अघिल्लो वर्षभन्दा आगामी वर्ष राम्रो होस् भन्ने आशा सबैको हुन्छ। २०२१ मा पूरा हुन नसकेका काम आगामी नयाँ वर्षमा अवश्य पूरा हुनेछन्। लगभग सबैको यस्तो अपेक्षा रहन्छ। ज्योतिषशास्त्रमा आगामी वर्षको भविष्यवाणी गरिएको छ। यी भविष्यवाणीहरूको आधारमा व्यक्तिले वर्षभरको लेखा-जोखा जान्न सक्छ। ज्योतिषशास्त्रका अनुसार नयाँ वर्ष कतिपय राशिका लागि निकै शुभ र कतिपयका लागि सामान्य र मिश्रित रहने देखिन्छ। आज हामी तपाईंलाई केहि यस्ता राशिको बारेमा बताउनेछौं जसको वर्ष २०२२ धेरै भाग्यशाली रहनेछ। सन् २०२२ मा भाग्यशाली रहने राशिका बारेमा जानौँ….

मेष राशि 

आउँदै गरेको नयाँ वर्ष २०२२ मेष राशि हुनेहरूका लागि धेरै खुसीयाली लिएर आउँदैछ। सन् २०२२ यो राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ। सबै प्रकारका सपनाहरू साकार हुने सम्भावना छ। आर्थिक स्थितिमा बलियो उछाल आउनेछ। यो वर्ष जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ र काममा सक्रिय रहन र महत्वपूर्ण निर्णय लिने सबैभन्दा शुभ समय मध्य मे देखि अक्टोबरसम्म रहनेछ। मेष राशिका व्यक्तिहरुका लागि जनवरीदेखि अप्रिलसम्मको समय आर्थिक दृष्टिले शुभ फल दिनेछ।

वृष राशि 

वृष राशिका मानिसहरुलाई सन् २०२२ ले खुसी हुने धेरै अवसर दिनेछ। आर्थिक हिसाबले २०२२ साल निकै फलदायी रहनेछ। २०२२ साल रोजगारीमा रहेका व्यक्तिहरूका लागि धेरै राम्रा अवसरहरू प्राप्त हुनेछ। आर्थिक उन्नतिको प्रशस्त अवसरहरु आउनेछन् । वर्षभरि धन आर्जनमा व्यस्त रहनुहुनेछ। यो वर्ष पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना छ। करियरको दृष्टिकोणले आगामी वर्ष धेरै राम्रो रहने अनुमान गरिएको छ। धेरै स्रोतबाट धन आर्जनको अवसर मिल्नेछ।

सिंह राशि 

यो वर्ष तपाईंको लागि राम्रो रहनेछ। जीवनको हरेक क्षेत्रमा सफलता मिल्नेछ। भाग्यको भरपुर सहयोगले तपाईंका सबै काम बिना बाधा पूरा हुनेछन्। स्वास्थ्यमा कुनै खराबी नआउने, २०२२ साल तपाईंका लागि उत्साह र उमंगले भरिपूर्ण रहनेछ। नोकरीमा पदोन्नति र आर्थिक लाभको प्रशस्त सम्भावना छ। व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुनेछ। साझेदारीमा कुनै काममा संलग्न हुनुभएको छ भने आम्दानीका नयाँ स्रोतहरू आउने प्रबल सङ्केतहरू छन्।

धनु राशि 

यस राशिका मानिसहरुका लागि २०२२ साल वरदान भन्दा कम हुने छैन। माता लक्ष्मीको कृपा वर्षभर रहिरहनेछ। सुख-समृद्धिमा अत्याधिक वृद्धि हुनेछ। तपाईले आफ्नो करियरमा उच्च स्तर हासिल गर्नुहुनेछ। धनु राशिका व्यक्तिहरूले वर्षभरि कुनै प्रकारको आर्थिक कठिनाइको सामना गर्नुपर्दैन। आम्दानीका नयाँ ढोकाहरू खुल्नेछन्। अप्रिलदेखि अक्टोबरसम्मको समय निकै शुभ रहनेछ। यो समयमा भाग्यको साथ मिल्नेछ। यसका साथसाथै तपाईंको आम्दानीमा पनि निरन्तर वृद्धि हुनेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१६:२२

यी ५ राशिलाई अत्यन्त शुभ रहनेछ सन् २०२२, कुन-कुन ?