वृष राशि
वृष राशि हुनेहरुका लागि २०२२ साल निकै शुभ रहनेछ । यस राशिका मानिसहरुको जीवनमा धेरै प्रकारका शुभ परिवर्तनहरु आउने देखिन्छ । आर्थिक उन्नतिको प्रबल सम्भावना छ । वृष राशिका व्यक्तिको करियरमा राम्रो परिवर्तन आउनेछ। सन् २०२२ ले तपाईका लागि धेरै सम्भावना बोकेको छ । स्वास्थ्य राम्रो रहने कारणले आफ्नो सम्पूर्ण शक्ति धन कमाउनमा खर्च गर्नुहुनेछ।
सिंह राशि
सिंह राशि हुनेहरुका लागि नयाँ वर्ष २०२२ धेरै शुभ र भाग्यशाली रहनेछ । यो वर्ष जागिर र व्यापारको दृष्टिले फलदायी रहनेछ। नयाँ कामको थालनीमा सफलता मिल्नेछ । सिंह राशिका व्यक्तिहरुको बैंक ब्यालेन्स विगत केही वर्षको तुलनामा यो वर्ष बढ्न सक्छ । कार्यमा सबैको सहयोग वर्षभरि रहनेछ ।
तुला राशि
तपाईं पनि २०२२ को लागि भाग्यशाली राशिको वर्गमा हुनुहुन्छ। नयाँ वर्षले तपाईंका लागि सफलताका धेरै ढोका खोल्नेछ। तपाईंको जीवनशैली धेरै राम्रो हुनेछ। तपाईंले आर्थिक लाभको धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ, जसका कारण तपाईंको आर्थिक प्रगति जारी रहनेछ। परिवारका सदस्यबाट पूर्ण सहयोग मिल्नेछ ।
मकर राशि
सन् २०२२ मा मकर राशिका मानिसहरुको नक्षत्र धेरै उच्च हुनेछ । व्यापार व्यवसाय गर्नेहरुका लागि यो वर्ष लाभ र प्रगतिले भरिपूर्ण रहनेछ। कुनै पनि काममा थोरै मिहिनेत गरे मात्रै सफलता मिल्नेछ । माता लक्ष्मीको कृपा वर्षभर रहनेछ, जसका कारण तपाईंले कुनै प्रकारको आर्थिक समस्याको सामना गर्नु पर्दैन।
कुम्भ राशि
भाग्यको पूर्ण साथ मिल्नेछ । वर्ष अद्भुत रहनेछ। आर्थिक उन्नतिको स्पष्ट संकेत देखिएको छ । यस राशिका व्यक्तिहरूले २०२२ मा धेरै प्रभावशाली व्यक्तिहरूसँग व्यापार गर्ने मौका पाउनेछन्। स्वदेश तथा विदेशमा व्यापार व्यावसायको प्रवर्द्धन र विस्तार हुनेछ ।