युनाइटेडको नयाँ प्रशिक्षकमा राङनिक !

एजेन्सी – प्रशिक्षकबाट पूर्व खेलाडी ओले गुन्नार सोल्साएरलाई हटाएपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड नयाँ प्रशिक्षकको खोजिमा जुटेको छ। गएको तीन वर्ष क्लबको जिम्मेवारी सम्हालेका सोल्साएरलाई बिदा गरेपछि दिर्घकालिन योजना सहित नयाँ प्रशिक्षक नियुक्त गर्ने युनाइटेडको तयारी छ।

युनाइटेड गएको केहि वर्ष देखि उपाधिविहिन् छ। पछिल्ला वर्षहरुमा आएका कुनै पनि प्रशिक्षकले युनाइटेडलाई सहित बाटोमा डोर्याउन सकिरहेका छैनन्। ट्रान्सफर मार्केटमा खुलेर खर्च गर्दा पनि युनाइटेड अपेक्षा गरिएभन्दा फरक अवस्थामा पुगेको छ।

गएको सिजना युनाइटेड दोस्रो भएको थियो। तर जारी सिजनमा युनाइटेड च्याम्पियन्स लिगका लागि समेत छनोट हुन गार्हो पर्ने अवस्थामा पुगेको छ। युनाइटेडलाई यस अवस्थाबाट छुटकारा दिलाउने र च्याम्पियन्स लिगका लागि छनौट गराउने प्रशिक्षक चाहिएको छ।

युनाइटेडको नयाँ प्रशिक्षकको रुपमा राल्फ राङनिकको नाम अगाडी आएको छ। युनाइटेडको नयाँ प्रशिक्षकमा मौरिसियो पोचेटिनो र जिनेदिन जिदानको नाम अगाडी आएपनि तत्कालका लागि दुवै उपलब्ध नहुने भएपनि युनाइटेडको जिम्मेवारी राङनिकले सम्हाल्ने भएका हुन्।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गरेको दावी अनुसार राङनिक युनाइटेडको प्रशिक्षकमा ६ महिनाका लागि नियुक्त हुन सक्छन्। ६३ वर्षीय प्रशिक्षकले पछिल्लो पटक जर्मन क्लब आरबी लाइप्जिङ सम्हालेका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१०:०८

“मेस्सीलाई देख्दा पनि रिस उठ्छ, मैदानमा लुरु-लुरु हिडेर बस्न लाज लाग्दैन भन्या ?”