“मेस्सीलाई देख्दा पनि रिस उठ्छ, मैदानमा लुरु-लुरु हिडेर बस्न लाज लाग्दैन भन्या ?”

पेरिस एन्ट जर्मेन (पीएसजी) मा लियोनेल मेस्सीको प्रयास माथि नेदरल्याण्ड्सका पूर्व मिडफिल्डर राफेल भान डेर भार्टले प्रश्न उठाएका छन्, जसले पीएसजी फरवार्डलाई आफ्नो प्रदर्शनको लागि ‘लज्जित’ हुनुपर्ने दाबी समेत गरेका छन्।

यसै सिजन मात्र २१ वर्ष लामो बार्सिलोना बसाईपछि फ्रेन्च राजधानी पुगेका मेस्सीले नयाँ क्लबमा खासै राम्रो सुरुवात गर्न सकेका छैनन्। फ्रेन्च लिगमा तालिकाको शीर्ष स्थानमा रहेपनि मेस्सीको प्रदर्शनको बारेमा भने आलोचना हुँदै आएको छ। बुधबार राति, म्यानचेस्टर सिटीसँग फ्रान्सेली टोलीको च्याम्पियन्स लिगको हारमा ३४ वर्षीय स्टारको सबैभन्दा ठूलो योगदान पहिलो हाफमा रहिम स्टर्लिङ विरुद्ध गरेको उत्कृष्ट नटमेग नै थियो।

नेयमार र गोलकर्ता केलियन एमबाप्पेसँगै ६ पटकका ब्यालोन डी’ ओर विजेताको योगदानलाई खेलपछि प्रश्न गर्दै यी तीनै स्टार मिलेर टोलीलाई युरोपेली गौरवमा पुर्‍याउन सक्ने बारे शंका समेत उत्पन्न भएको छ। यस्तोमा मेस्सीको टोलीका लागि कडा मेहनत गर्ने इच्छाको बारेमा चर्चा चलेको छ। डच दिग्गज भान डेर भार्टले छ पटक बालोन डी’ओर विजेताले यसबारे लाज मान्नुपर्ने दाबी गरेका छन्।

“उनी मैदानमा यहाँ-त्यहाँ हिडेर बस्छन्, अनि मलाई लाग्छ,’के तपाईंलाई लाग लाग्दैन ?'” पूर्व मिडफिल्डरले डच टिभी च्यानल जिग्गो स्पोर्ट्समा भने, “म मेस्सीसँग रिसाउन थालेको छु र यो लाजमर्दो कुरा हो किनभने मेस्सी जस्तो खेलाडी फेरि कहिल्यै जन्मिने छैन। यो [बार्सिलोनामा] रोनाल्ड कोम्यानको नेतृत्वमा सुरु भयो। यो वास्तवमा मैदानमा कडा मेहनत गर्न अस्वीकार थियो र यो मेस्सी जस्तो खेलाडीको लागि सही होइन।”

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८११:१२

बार्सिलोना अध्यक्ष भन्छन्-‘बार्यनलाई हराएर नै देखाउँछौं, बदला हुनेछ’