All or Nothing: Juventus यस हप्ता अमेजन प्राइममा प्रिमियर भयो। वृत्तचित्रले २०२०छ सिजनमा युभेन्टसमा भएका सबै कुराका पर्दा पछाडिको दृश्य देखाउँछ। निस्सन्देह, त्यतिबेला युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई धेरै कभरेज दिइएको थियो।
र शृङ्खलाको एक क्षणले पोर्चुगिज स्ट्राइकरको कुलीन मानसिकतालाई पूर्ण रूपमा समेट्छ। शृङ्खलाको एक दृश्यमा डिसेम्बर २०२० मा बार्सिलोना विरुद्धको च्याम्पियन्स लिगको खेल अघि युभेक्का पूर्व प्रमुख फुटबल अधिकारी फाबियो पाराटिसीलाई उपाध्यक्ष पावेल नेडभेडसँग कुरा गरिरहेको देखियो। बार्सालाई उछिन्दै समूहको शीर्ष स्थानमा पुग्न युभेन्टसलाई तीन वा सोभन्दा बढी गोल अन्तरको जित्न आवश्यक थियो।
समूहको चरणको पहिलो खेलमा घरेलु मैदानमा बार्सिलोनासँग २-० ले पराजित भएको कारणले नेडभेड आफ्नो क्लबले बार्सिलोनालाई उसकै मैदानमा ३-० ले पराजित गर्नेमा निश्चित थिएनन्, विशेषगरी, बार्सिलोनाले सन् २०१३ पछि घरेलु मैदानमा च्याम्पियन्स लिग खेल नहारेको तथ्यांक मध्यनजर गर्दै।
Nedved: "We can’t beat Barcelona 3-0."
Paratici: “Ronaldo said we can”
This guy's mentality is something else. https://t.co/a6AjJRii8W
— Everything Cristiano 𓃵 (@EverythingCR7_) November 25, 2021
“हामी बार्सिलोनालाई ३-० ले जित्न सक्दैनौं,” नेडभेडले पाराटिसीलाई भने। पाराटिसीले तुरुन्तै जवाफ दिए: “क्रिस्टियानोले भने कि हामी सक्छौं।” “उनले भने ?” नेडभेडले जवाफ दिए।
त्यसपछि के भयो ? युभेन्टसले क्याम्प नोउमा गएर क्याटलान जाइन्ट्सलाई ३-० ले पराजित गर्यो। उक्त जीतमा दुई पेनाल्टी गोल गर्दै रोनाल्डो हिरो रहे। वेस्टन म्याकेनीले पनि एक गोल गरे। जीतसँगै युभेन्टस समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। ५ पटकका ब्यालोन डी ओर विजेता रोनाल्डोको आत्म-विश्वास र ठूला तथा दबाबपूर्ण खेलमा उच्च प्रदर्शन गर्ने क्षमता अतुलनीय रहेको छ।

