हालाण्ड नहुँदा नर्वे र डर्टमन्डलाई नसोचेको घाटा !

एजेन्सी – बोरुसिया डर्टमन्डका नर्वेली स्टार फुटबलर एर्लिङ हालाण्ड युरोपियन फुटबलमा सबैभन्दा लोकप्रिय खेलाडीको रुपमा उदाइरहेका छन्। अष्ट्रियन क्लव साल्सबर्गबाट जर्मन आएयता लगातार उच्च प्रदर्शन गरिरहेका उनी अहिले युरोपका सबै ठूला क्लबको नजरमा छन्।

हालाण्डलाई भित्र्याउन युरोमा धेरै क्लबहरु बीच प्रतिष्पर्धा हुने पक्का छ। आउने ट्रान्सफर विन्डोमा हालाण्डका लागि धेरै क्लबहरु बीच टक्कर हुनेछ। हालाण्ड आफैंले पनि कुन क्लबम जाने भनेर निर्णय गरिसकेका छैनन्। विभिन्न श्रोतहरुका अनुसार हालाण्डले आउने ट्रान्सफर विन्डोमा डर्टमन्ड छाड्न सक्छन्।

केहि समय अगाडी घाइते भएका हालाण्ड अहिले आराम गरिरहेका छन्। हालाण्ड यस वर्ष मैदानमा फिर्ता हुने सम्भावना अत्यन्त कम छ। कम्मरको चोटका कारण उनी सन् २०२२ अगाडी फिर्ता हुने छैनन्। हालाण्डको अनुपस्थितमा नर्वे र डर्टमन्डले धेरै ठूलो निक्सान बेहोरिसकेका छन्।

घाइते भएर हालाण्डले खेल्न नसक्दा नर्वे विश्वकप छनौटबाट बाहिरियो भने डर्टमन्ड पनि च्याम्पियन्स लिगबाट बाहिरियो। स्पोर्टिङ सीपीसँग ३-१ ले पराजित भएपछि डर्टमन्ड च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

डर्टमन्ड च्याम्पियन्स लिगबाट बाहिरएसँगै हालाण्डले डर्टमन्ड छाड्ने सम्भावना बढेर गएको छ। कम उमेरमै च्याम्पियन्स लिग जित्ने योजनामा रहेका उनी आउने ट्रान्सफर विन्डोमै अन्यत्र जान सक्छन्। रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता क्लबले हालाण्डलाई प्राथमिकतामा राखेका छन्।

हालाण्डलाई भित्र्याउन कुनै पनि क्लबलाई सहज भने हुने छैन। हालाण्डका एजेन्टले उनलाई धेरै नै ठूलो पारिश्रमिक दिलाउने तयारी गरिरहेका छन्। ट्रान्सफर विन्डोका जानकारहरुका अनुसार हालाण्डको ट्रान्सफरको खर्च २ सय ५० देखि ३ सय मिलियन युरो सम्म हुन सक्छ। एजेन्ट शुल्क, रिलिज क्लज र हालाण्डको पाँच वर्षको पारिश्रमिक सहित जोड्दा ३ सै मिलियन युरो सम्म पुग्न सक्ने जानकारहरुको भनाई छ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१७:२४

आखिर किन रोनाल्डो आफ्नै टिममेटसँग लड्न समेत पछि परेनन् ? [भिडियो सहित]