च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम १६ मा पोर्टोसँग युभेन्टस स्तब्ध भएको थियो। पोर्चुगिज क्लबसँग पहिलो लेगमा २-१ ले पराजित भएपनि युभेन्टस अघिल्लो चरणमा पुग्न दाबेदार रहेको थियो। तर त्यसको लागि बाटो भने निकै कठिन पक्कै थियो।
एलियान्ज स्टेडियममा दोस्रो लेगमा एन्ड्रिया पिर्लोको टोलीको लागि सुरुवात भने राम्रो हुन सकेन। सर्जियो ओलिभेराले १९ औं मिनेटमा पेनाल्टी गोल गरेपछि युभेन्टस पहिलो हाफमा १–० ले पछि पर्दै समग्रमा ३–१ ले पछि परेको थियो। नयाँ डकुमेन्ट्री ‘अल वा नथिङ: युभेन्टस’ ले उक्त खेलको हाफ टाइममा क्रिस्टियानो रोनाल्डो र जुआन कुआड्राडोबीचको रोमाञ्चक भिडन्तलाई समेटेको छ।
दिग्गज पोर्चुगिज स्ट्राइकर सुरुवाती ४५ मिनेटमा आफ्नो टोलीको प्रदर्शनबाट स्पष्ट रूपमा सन्तुष्ट थिएनन्। तलको क्षण हेर्नुहोस्….
https://twitter.com/i/status/1463929364886827017
अनुबाद (Tuttosport अनुसार)
रोनाल्डो: “हामीले अझ कडा परिश्रम गर्नुपर्छ। के हो ***! हामीले पटक्कै खेलेका छैनौं! खेलेको नै छैनौं!”
कुआड्राडो: “चिन्ता नगर्नुहोस्”
रोनाल्डो: “हामीले सधैं नराम्रो नै खेल्छौं !”
कुआड्राडो: “तपाईं सबैका लागि उदाहरण बन्नुपर्दछ”
रोनाल्डो: “म पनि समावेश छु। हामीले एकअर्कालाई सत्य भन्नु पर्छ, हामीले नराम्रो खेल्यौं। यो च्याम्पियन्स लिगको खेल हो, हामीसँग व्यक्तित्व हुनुपर्छ।”
तत्कालिन प्रशिक्षक आन्द्रे पिर्लो ड्रेसिङ रूममा छिर्छन् र भन्छन्,”अब भयो, भयो क्रिस, भयो जुआन। हामी शान्त र धैर्य हुनुपर्छ। हामी यस भावनामा जारी रहनेछौं, तर बहस नगरी, जित्न चाहने व्यक्तिको मुद्रामा।” दुर्भाग्यवश रोनाल्डो र युभेन्टसका लागि उक्त खेल ३-२ ले जित्दा पनि उनीहरू अन्ततः अवे गोलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगे।