All or Nothing: Juventus यस हप्ता अमेजन प्राइममा प्रिमियर भयो। वृत्तचित्रले २०२०छ सिजनमा युभेन्टसमा भएका सबै कुराका पर्दा पछाडिको दृश्य देखाउँछ।
यस वृत्तचित्रमा एउटा यस्तो दृश्य पनि रहेको छ जसले हरेक फुटबल समर्थकलाई भावुक बनाउन सक्छ। एक भिडियो क्लिपमा देख्न सकिन्छ कि रोनाल्डो युभेन्टसको हारपछि ड्रेसिङ रूममा गएर रोइरहेका छन्। आखिर किन रोनाल्डो यसरी रुन बाध्य भए त ? प्रसङ्ग २०२०-२१ च्याम्पियन्स लिग सिजनको हो जब प्रतियोगिताको अन्तिम-१६ को खेलमा युभेन्टसले पोर्चुगिज क्लब पोर्टोको सामना गरेको थियो। यी दुई बीचको पहिलो खेलमा पोर्टो २-१ ले विजयी भयो। तर पनि युभेन्टसले पुनरागमन गर्नेमा धेरै मानिस विश्वस्त रहेका थिए; कारण थियो क्रिस्टियानो रोनाल्डो।
तर एलियान्ज स्टेडियममा दोस्रो लेगमा एन्ड्रिया पिर्लोको टोलीको लागि सुरुवात भने राम्रो हुन सकेन। सर्जियो ओलिभेराले १९ औं मिनेटमा पेनाल्टी गोल गरेपछि युभेन्टस पहिलो हाफमा १–० ले पछि पर्दै समग्रमा ३–१ ले पछि परेको थियो। नयाँ डकुमेन्ट्री ‘अल वा नथिङ: युभेन्टस’ ले उक्त खेलको हाफ टाइममा क्रिस्टियानो रोनाल्डो र जुआन कुआड्राडोबीचको रोमाञ्चक भिडन्त समेत भयो।
अन्ततः दुर्भाग्यवश रोनाल्डो र युभेन्टसका लागि उक्त खेल ३-२ ले जित्दा पनि उनीहरू अन्ततः अवे गोलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगे। फुटेजले खेलपछि रोनाल्डोको प्रतिक्रिया पनि खिच्यो र उनी विचलित भए।
Cristiano crying after the Champions League with FC Porto. 😢https://t.co/IfsR6H63pp
— Mu. (@FutbolMuu) November 25, 2021
उक्त घटनाको केही महिनापछि रोनाल्डोले युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेडमा पुन: सामेल हुने निर्णय गरे।