राङनिक युनाइटेड आउने चर्चाले तरंग, क्लोपले भने – यो हाम्रो लागि राम्रो खबर होइन

एजेन्सी – म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा राल्फ राङनिक आउने चर्चाले युरोपमा तरंग पैदा भएको छ। जर्मनका विभिन्न क्लबमा आफ्नो व्यवस्थापन क्षमतालाई प्रमाणित गरिसकेका राङनिक युनाइटेड जाने चर्चाले क्लब फुटबलमा तरंग पैदा गरेको हो। राङनिक युनाइटेड जान लागेको विषयलाई लिएर अहिले देखि नै विभिन्न प्रकारका टिका-टिप्पणी भैरहेका छन्।

यसै बीच राङनिकका प्रशंसक मध्ये एक रहेका लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले राङनिक प्रिमियर लिग आउनु विपक्षी क्लबहरुका लागि राम्रो खबर नरहेको बताएका छन्। प्रिमियर लिगमा साउथह्याम्पटनको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा क्लोपले राङनिकको आगमनले सबै क्लबलाई समस्या पैदा गर्ने बताएका हुन्।

“इंग्ल्याण्ड र म्यान युनाइटेडमा यति राम्रो प्रशिक्षक आउनु अरु टीमका लागि राम्रो कुरा होइन। यसले विपक्षी सबै टीमलाई समस्यामा पार्नेछ।”,क्लोपले भने। राङनिकको आगमनसँगै युनाइटेड थप संगठित हुने क्लोपले बताए। उनले थप भने,”युनाइटेड पिचमा थप संगठित हुनेछ। यो पक्का छ। र यो विपक्षी टोलीहरुका लागि पक्कै पनि राम्रो खबर होइन।”

त्यस्तै क्लोपले राङनिक जर्मनमा सम्मानित प्रशिक्षकको रुपमा रहेको पनि बताए। जर्मनका विभिन्न क्लबहरुमा राङनिकले गरेका कामले उनी कुन स्तरका प्रशिक्षक हुन् भन्ने प्रमाणित भैसकेको क्लोपको भनाई छ।

“प्रशिक्षकहरु बीच उनी सम्मानित छन्। धेरैले उनलाई सम्मान गर्छन्। जर्मन फुटबलमा उनलाई धेरै मानिन्छ।”,क्लोपले भने। राङनिकले फुटबलमा धेरै भूमिका निभाएको पनि क्लोपले स्मरण गरे।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८०९:३०

रोनाल्डोको विश्वकप खेल्ने सपनामा इटाली बाधक !