चेल्सीको पेलान युनाइटेडले थेग्न सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सीले आज म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ। सिजनको शुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको चेल्सीले घरेलु मैदानमा युनाइटेडको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार १० बजेर १५ मिनेटमा शुरु हुनेछ।

आज हुने खेलमा चेल्सी युनाइटेडलाई पाखा लगाउँदै शिर्ष स्थानको अग्रता बढाउने दाउमा हुनेछ भने युनाइटेड प्रिमियर लिगमा लगातार बेहोरिरहेको कम्जोर प्रदर्शनलाई भुलाउने सोचमा हुनेछ।

चेल्सी जारी सिजनमा एक पटक मात्रै पराजित भएको छ। सिजनका १२ खेल खेलिसक्दा चेल्सीले ९ जित निकालेको छ भने २ खेलमा बराबरी खेलेको छ। प्रिमियर लिगमा चेल्सीको २९ अंक छ।

त्यस्तै युनाइटेड भने जारी सिजनमा भनेको जस्तो प्रदर्शन गर्न सकिरहेको छैन। सिजनका १२ खेल खेल्दा युनाइटेडले मात्रै ५ खेलमा जित निकालेको छ भने ५ खेलमा हार बेहोरेकोछ। युनाइटेड चेल्सी भन्दा १२ अंकले पछाडी छ।

सबैको नजर रोनाल्डोमा

च्याम्पियन्स लिगमा लगातार गोल गरिरहेका पनि युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा ठूला क्लबहरु विरुद्ध गोल गर्न संघर्षरत छन्। महत्वपूर्ण र ठूला खेलहरुमा गोल गर्न नसकेको भन्दै रोनाल्डोको आलोचना हुने गरेको छ। आज हुने खेलमा रोनाल्डोले के कस्तो प्रदर्शन गर्छन् भन्नेमा सबैको चासो छ।

खेल कुन च्यानलमा हेर्ने ?

प्रिमियर लिगका कुनै पनि खेल नेपालका च्यानलले प्रशारण गर्ने छैनन्। चेल्सी र युनाइटेड बीच हुने खेल हेर्न भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट १ मा हेर्न सकिनेछ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८११:४१

रोनाल्डोको पोर्चुगल कि युरो विजेता इटाली: कसले खेल्ला विश्वकप ? तपाईं कसको सपोर्टमा ?