एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ ड्र सार्वजनिक भएसँगै विश्व फुटबलमा एक प्रकारको तरंग उत्पन्न भएको छ। कारण पोर्चुगल र इटाली एकै समूहमा परेका छन्। यसको मतलब यो होकी पछिल्ला २ युरोकप विजेता दुई राष्ट्रमध्य एकले मात्र विश्वकपमा खेल्ने पक्का भएको छ।
कतार विश्वकपमा स्वत छनौट हुन नसकेका १२ राष्ट्रले प्ले-अफ चरणबाट आफ्नो स्थान पक्का गर्नुपर्ने हुन्छ। `१२ टोली मध्ये मात्र ३ टोलीले विश्वकप खेल्नेछन् भने यी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। जस अन्तर्गत एक समूहबाट २ खेल हुनेछ र उक्त खेलका दुई विजेता टोली बीच एक-आपसमा फाइनल खेल हुनेछ। जसमा विजयी भए मात्र विश्वकपमा छनोट हुनेछ।
शुक्रबार भएको ड्र मा पोर्चुगल र इटाली एकै समूहमा परेका छन्। तर यी दुई बीच पहिलो चरणमा भने भिडन्त हुने छैन। समूह सी मा परेका यी दुई टोलीले आ-आफ्नो पहिलो खेलमा इटालीले उत्तर म्यासेडोनिया र पोर्चुगलले टर्कीको सामना गर्नेछ। यदि दुबै टोलीले आ-आफ्नो पहिलो खेल जितेको खण्डमा फाइनल खेल इटाली र पोर्चुगल हुनेछ, जसको विजेताले मात्र विश्वकपको टिकट काट्नेछ भने पराजित हुने टोली घर फर्किनेछ।
यस्तो, पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको सम्भवत अन्तिम विश्वकप हुने संस्करणमा उनी छनौट नै नहुने खतरा झनै बढेको छ। सन् २००६ मा पहिलो विश्वकप खेलेका पूर्व रियल म्याड्रिड स्टारले त्यसपछिका हरेक विश्वकपमा सहभागिता जनाएका छन्। ३६ वर्षको उमेर भइसकेको कारण पनि यो विश्वकप उनको अन्तिम हुने धेरैले आँकलन गरेका छन्।
त्यस्तै, प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।
समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हसने खेल जित्ने टोलफ कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।