अन्ततः ४ महिना पछि रामोसले गरे पिएसजीका लागि डेब्यु !

एजेन्सी – यसै सिजन रियल म्याड्रिडबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसले पिएसजीका लागि डेब्यु गरेका छन्। पिएसजी पुगेको साढे ४ महिना भन्दा बढी समय पछि रामोसले डेब्यु गरेका हुन्।

गएको कयौं महिना देखि पिएसजीको टोलीमा पर्न संघर्षरत उनी अन्ततः आइतबार लिग वान अन्तर्गत सेन्ट इटिएनविरुद्धको खेलमा पिएसजीको पहिलो रोजाईमा परेका छन्।

रामोस गत जुलाई महिनामा पिएसजीसंग सम्झौता गरेका थिए। रियल म्याड्रिडबाट फ्री ट्रान्सफरमा पिएसजी पुगेका उनलाई शरीरले साथ दिरहेको थिएन। लगातार घाइते हुँदा उनी पिएसजीको स्क्वाड बाहिर रहँदै आएका थिए। नयाँ सिजन शुरु भएयता पिएसजीले सबै प्रतियोगितालाई जोड्दा २० खेल खेलिसकेको छ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१८:४०

असिस्टमा मेस्सीको ह्याट्रिक, पिएसजी विजयी !