पेरिस सेन्ट जर्मेनले आइतबार साझँ भएको खेलमा सेन्ट इटिएनलाई हराएर लिग १ मा आफ्नो दबदबा कायम राखेको छ तर उ नेयमारको चोट भने फ्रेन्च क्लबको टाउको दुखाई बन्ने पक्का रहेको छ।

गत हप्ता च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर सिटीसँग परजित भएपछिको पहिलो खेलमा पीएसजीले सिटी विरुद्ध निकै आलोचना भएका ट्रियो लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारसँग खेल्न एन्जल डी मारियालाई टोलीमा ल्याए। त्यस्तै, यसै सिजन रियल म्याड्रिडबाट नि:शुल्क ट्रान्सफरमा पीएसजी आएका सर्जियो रामोसले क्लबका लागि पहिलो खेल खेले।
जहाँ एक सुपरस्टार चोटबाट फर्केका थिए, खेलको अन्तिम समयमा पीएसजीका लागि एक ठूलो क्षति भयो जसले पोचेटिनोलाई चिन्ता दिन सक्छ, विशेष गरी यदि यो दीर्घकालीन समस्या रहेछ भने। खेल सकिन केही मिनेट बाँकी रहँदा ब्राजिलियन फरवार्ड नेयमारलाई पछाडिबाट आएका यभान म्याकनले गरेको च्यालेन्जले गर्दा लागेको चोटका कारण उनले स्ट्रेचरमा मैदान छाड्नु पर्यो। उनको चोटको बारेमा थप जानकारी भने आउन बाँकी रहेको छ।
https://youtu.be/N7ZVIR19gzc
खेलमा निकै बलियो मानिएको पीएसजीले ब्राजिली डिफेन्डर तथा कप्तान मार्किन्हसले दुई गोल तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले तीन असिस्टको मद्दतमा पूनरागमन जित निकाल्न सफल भयो। पीएसजीका लागि डी मारियाले एक गोल गरे।

