ठूलो दुखपछि डेब्यु गर्न पाएपछि भावुक भए रामोस, सबैलाई धन्यवाद दिंदै यसो लेखे !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्पेनिस डिफेन्डर सर्जियो रामोसका लागि यो आइतबार धेरै नै विशेष रह्यो। चार महिना भन्दा बढी समय पश्चात उनी फुटबल मैदानमा फिर्ता भए।

यसै सिजन रियल म्याड्रिडबाट पिएसजी पुगेका रामोसले डेब्युको लागि लामो प्रतिक्षा गर्नुपर्यो। शरीरले साथ नदिँदा रामोसले अलि बढी नै मिहिनेत गर्नुपर्यो। रियलका पूर्वकप्तान समेत रहेका रामोस पिएसजीको टोलीमा पर्न नसक्दा सबै चकित समेत परेका थिए।

चार महिना सम्म मैदानमा फिर्ता नहुँदा उनी माथि विभिन्न प्रकारका टिका टिप्पणी समेत हुन थालेको थियो। तर सबै आलोचना र हल्लालाई चिर्दै रामोसले आइतबार सेन्ट इटिएनविरुद्धको खेलमा डेब्यु गरे।

लामो समय पछि मैदानमा फिर्ता भएपछि रामोसले खुशी व्यक्त गरेका छन्। आइतबार सामाजिक संजालमा एक स्ट्याटस राख्दै रामोसले फुटबलमा फिर्ता हुन पाउँदा आफू धेरै नै उत्साहित भएको बताएका हुन्।

फुटबल मैदानमा फिर्ता हुन नपाउँदा धेरै नै पिडा भएको उल्लेख गर्दै रामोसले ती सबै पिडा देखि अहिले आएर छुटकारा मिलेको बताएका छन्। धेरै अनिश्चितता र परिवर्तनहरूका बाबजुत फुटबलमा फिर्ता हुन पाएको रामोसको भनाई छ।

“एक जित र पिचमा फिर्ता। धेरैलाई थाहा छैन होला म यो पलको लागि कति व्यग्र थिएँ। पछिल्ला केहि महिना धेरै नै कष्टकर रहे। यसबीचमा धेरै अनिश्चितता, धेरै परिवर्तनहरू भए। सबै भन्दा कष्टकर यो रह्यो कि मैले फुटबल खेल्न पाइन। तर अहिले ती सबै दुख मेरो पछाडी छन्।”,रामोसले सामाजिक संजालमा लेखेका छन्।

रामोसले नयाँ लक्ष्य सहित अगाडी बढ्ने समय रहेको पनि बताएका छन्। हरेक अवस्थामा साथ दिने र प्रोहोत्सान दिने सबैलाई रामोसको धन्यवाद छ। रामोस थप लेख्छन्,”अब आशावादी भएर महत्वाकांक्षाका साथ अगाडी बढ्ने समय भएको छ। दयालु शब्द र प्रोत्साहनका लागि सबैलाई धन्यवाद।”

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८०९:३८

मेस्सी भन्छन्-‘लेवान्डोस्कीलाई उसको ब्यालोन डी ओर दिनुपर्छ, नत्र अन्याय हुन्छ’