मेस्सी भन्छन्-‘लेवान्डोस्कीलाई उसको ब्यालोन डी ओर दिनुपर्छ, नत्र अन्याय हुन्छ’

लियोनेल मेस्सीले रोबर्ट लेवान्डोस्की बालोन डी’ओर अवार्ड जित्नबाट वन्चित भएको स्वीकार गर्दै फ्रान्स फुटबललाई पोलिस स्ट्राइकरको गत वर्षको पुरस्कार दिन आग्रह गरेका छन्। पेरिसमा भएको एक समारोहमा मेस्सी २०२१ को विजेताको रूपमा घोषित भए, जसले कीर्तिमानी सातौं पटक प्रतिष्ठित पुरस्कार जित्न सफल भए।

अर्जेन्टिनालाई सन् १९९३ पछि पहिलो अन्तराष्ट्रिय उपाधिका रूपमा कोपा अमेरिका २०२१ जिताएका मेस्सी समारोहमा जानु अघि उक्त अवार्डका लागि प्रमुख दाबेदार मानिएका थिए। बार्यन स्टार लेवान्डोस्की दोस्रो स्थानमा रहे र ‘स्ट्राइकर अफ द इयर’ घोषित भए। मेस्सीले आफ्नो स्वीकृति भाषणमा पोलिस स्टारको बारेमा चर्चा गर्न भ्याए।

वास्तवमा, पेरिस सेन्ट-जर्मेन स्टारले पोल्याण्डका स्ट्राइकर २०२० को अवार्ड प्राप्त गर्न योग्य रहेको समेत दाबी गरेका थिए, जुन अवार्ड कोभिड-१९ को कारणले गत वर्ष रद्द भएको थियो। बार्यन म्युनिखले ट्रेबल जित्दा ५५ गोल गरेपछि पहिलो पटक अवार्ड जित्न रोबर्ट प्रमुख दाबेदार रहेका थिए तर अवार्ड रद्द भएपछि पूर्व डर्टमण्ड स्टारले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्डमा चित्त बुझाउनु पर्यो।

मेस्सीले स्टेजमा भने, ‘म रोबर्टलाई उल्लेख गर्न चाहन्छु, उनीसँग प्रतिस्पर्धा गर्न पाउनु साँच्चै सम्मानको कुरा हो । मलाई लाग्छ फ्रान्स फुटबलले तपाईंलाई तपाईंको २०२० बालोन डी’ओर प्रदान गर्नुपर्छ, तपाईं यसको योग्य हुनुहुन्छ।” ३३ वर्षीय खेलाडीले भोटिङमा ५८० अंक पाउँदा उनी मेस्सीभन्दा ३३ अंक पछाडी पारे।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८११:०६

आफूले ब्यालोन डी ओर जित्दा भन्दा पेड्रीले कोपा ट्रफी जित्दा बढी खुसी भए मेस्सी [भिडियो सहित]