“मेस्सीले ब्यालोन डी ओर जित्नै हुँदैन थियो, उनी भन्दा तीन उत्कृष्ट खेलाडी भन्दिन्छु”

सोमबार राति अवार्ड गालामा लियोनल मेस्सीलाई २०२१ ब्यालोन डी’ओर अवार्डको विजेता घोषित गरियो। यसका साथै अर्जेन्टिनी स्टार इतिहासमा सात पटक अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।

जसपछि रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसले लियोनेल मेस्सीको ब्यालोन डी’ओर जीतमा प्रतिक्रिया दिएका छन्। जर्मन स्टारले यस वर्षको अवार्ड जित्न मेस्सी योग्य नरहेको दाबी गरेका छन् र मेस्सी भन्दा अगाडी तीन खेलाडी ब्यालोन डी ओर जित्न योग्य रहेका उनले बताएका छन्।

“यो बिल्कुल योग्य छैन,” रियल म्याड्रिड मिडफिल्डरले आफ्नो पोडकास्ट मार्फत भने, “यसमा कुनै शङ्का छैन कि क्रिष्टियानोसँगै मेस्सी विगत दशककै सर्वश्रेष्ठ खेलाडी हुन्, तर यो वर्ष उनीभन्दा अगाडि अरू पनि हुनुपर्थ्यो।” जसपछि क्रुसले मेस्सी भन्दा ब्यालोन डी ओरका लागि अन्य तीन योग्य खेलाडीको नाम समेत लिएका छन्। उनले आफ्ना टिममेट करिम बेन्जेमालाई पहिलो स्थानमा राखेका छन्।

आफ्नो ब्यालोन डी’ओर वरीयताको दोस्रो स्थानमा टोनी क्रुसले बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई राखेका छन्। त्यस्तै, चेल्सीका मिडफिल्डर जोर्गिन्हो यस वर्ष ब्यालों डी’ओर पोडियमका लागि क्रुसको रोजाइको तीन व्यक्तिको सूची पूरा गर्न तेस्रो स्थानमा छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१५:१३

बायर्नक लेजेण्ड भन्छन् – ‘मेस्सी लेवान्डोस्कीको छेउ-छाउ थिएनन्”