एजेन्सी – अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले यस वर्षको बालोन डि ओरको उपाधि जितेका छन्। मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होपछि पार्दै बालोन डि ओर जितेका हुन्।
मेस्सीले ६१३ अंक प्राप्त गर्दा लेवान्डोस्कीले ५८० अंक प्राप्त गरेका थिए। बालोन डी’ओरका लागि मेस्सी र लेवान्डोस्की बीच प्रतिष्पर्धा हुने पूर्वअनुमान अनुरुप नै दुई बीच कडा टक्कर भयो। तर बालोन डी’ओर मेस्सीले बाजी बारे। बालोन डी’ओर घोषणा भैसकेको अवस्थामा वर्तमान देखि पूर्व खेलाडीहरु सम्मले आफ्नो-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।
यसै बीच बायर्न म्युनिखका लेजेण्ड लोथर माथेउसले लेवान्डोस्की जति बालोन डी’ओर हकदार कोहिपनि नभएको बताएका छन्। गएको दुई वर्ष देखि लेवान्डोस्कीको छेउ-छाउ कुनै पनि खेलाडी नरहेको उल्लेख गर्दै माथेउसलेले बालोन डी’ओर सबै भन्दा बढी लेवान्डोस्की योग्य रहको बताए।
“इमानदारीपूर्वक भन्नुपर्दा मैले यो बुझ्ने सकिन। मेस्सी र अन्य मनोनित खेलाडीहरुलाई सम्मान गर्दै म यो भन्छु कि बालोन डी’ओरका लागि लेवान्डोस्की भन्दा बढी योग्य कोहि पनि थिएन।”,माथेउसले भने।
लेवान्डोस्कीले गएको दुई वर्षमा जे गरेका छन्, त्यो कुनै पनि खेलाडीले गर्न नसकेको माथेउसले बताए। उनका अनुसार पछिल्लो दुई वर्षमा लेवान्डोस्कीको नजिक कुनै पनि खेलाडी छैनन्।
“उनी विगत दुई वर्षदेखि बेजोड छन्। तर यदि तपाईंले २०२१ लाई मात्र ध्यान दिनुहुन्छ भने उनी झनै उत्कृष्ट देखिएका छन्।”,उनले भने। वर्षभर सबै भन्दा धेरै गोल गरेर पनि उनी उपाधि जित्ने मामलामा पछि परेको देखेर आफूलाई अचम्म लागेको माथेउसले बताए।
त्यस्तै माथेउसले मेस्सीले कोपा अमेरिका जितेपनि पेरिसमा निकै कम्जोर देखिएको पनि उल्लेख गरे। उनले भने,”मेस्सीले अर्जेन्टिनासँग कोपा अमेरिका जितेका हुन् तर पेरिसमा उनी पूर्णतया फिक्का छन्। “