“फुटबल अवार्डको के भर ?, सिजनको उत्कृष्ट खेलाडी को हो भनेर त चिन्न सकेन “

एजेन्सी – रियल म्याड्रिडका पूर्व गोलरक्षक इकर कासिलासले यस वर्षको बालोन डी’ओरलाई असन्तुष्टि जनाएका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीलाई बालोन डी’ओर अवार्ड दिइएको प्रति असन्तुष्टि जनाएका हुन्।

सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्नेक्रममा कासिलासले फुटबल अवार्ड माथि रहेको विश्वास घट्दै गइरहेको बताए। समय सँगै फुटबल अवार्डको विश्वसनीयता हराउँदै गएको कासिलासको भनाई छ।

“मलाई यी फुटबल अवार्डहरूमा विश्वास लाग्न छाड्दै गएको छ। फुटबल अवार्डहरूमा विश्वास गर्न धेरै गाह्रो हुँदै गएको छ।”,फुटबल अवार्डहरुको विश्वसनीयता माथि कासिलासले टिप्पणी गरेका छन्।

मेस्सी सर्वकालीन उत्कृष्ट खेलाडी भएपनि यस वर्षको बालोन डी’ओर दिनेक्रममा सिजन भर कसले राम्रो खेलेको थियो कुरालाई ध्यान दिनुपर्नेमा कासिलासको जोड छ।

उनले लेखेका छन्,”मेरा लागि मेस्सी सर्वकालीन उत्कृष्ट खेलाडी हुन्। उनी सर्वकालीन उत्कृष्ट पाँच खेलाडीहरुको मेरो सूचीमा पर्छन्। तर सिजनमा उत्कृष्ट खेलाडी को हो भनेर चिन्न सक्नुपर्ने थियो।”

क्रुसको नजरमा मेस्सी थिएनन् बालोन डी’ओरको हकदार

रियल म्याड्रिडका भेट्रान मिडफिल्डर टोनी क्रुसले यस वर्षको बालोन डी’ओर लियोनेल मेस्सीलाई हस्तान्तरण गरिएको प्रति प्रश्न उठाएका छन्। आफ्नो आधिकारिक पोडकास्टमा धारणा राख्ने क्रममा क्रुसले बालोन डी’ओर मेस्सीलाई दिइएको प्रति प्रश्न उठाएका हुन्।

क्रुसलाई बालोन डी’ओर जित्ने मामलामा मेस्सी भन्दा अन्य खेलाडी अगाडी थिए भन्ने लाग्छ। उनले मेस्सी बालोन डी’ओरको वास्तविक हकदार नभएको बताए। उनका लागि मेस्सी बालोन डी’ओरका लागि गरिएको मतदानमा अन्य खेलाडी भन्दा पछि पर्नुपर्थ्यो।

गएको कयौं वर्ष देखि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडीको रुपमा रहेपनि यस वर्ष दुवैलाई अरु खेलाडीहरुले उछिनेको क्रुसको भनाई छ।

“यसमा कुनै शङ्का छैन कि मेस्सी, क्रिस्टियानो [रोनाल्डो] सँगै पछिल्लो दशकको उत्कृष्ट खेलाडी हुन्। तर दुवै अन्य खेलाडीहरु भन्दा पछि देखिए।”,क्रुसले भने,”मेरा लागि बालोन डी’ओरका लागि अरु नै योग्य थिए। मेस्सी भन्दा अगाडी अन्य खेलाडी हुनु पर्थ्यो।”

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८२०:२२

अन्ततः रोनाल्डोले हारे मेस्सीसँगको लडाइँ !