सन् २०२१ को अन्तिम ग्रहण लाग्दै, यी राशिमा पर्नेछ नराम्रो प्रभाव !

एजेन्सी – सन् २०२१ को अन्तिम सूर्य ग्रहण यहि मङ्सिर १८ गते(डिसेम्बर ४) शनिबारको दिन लाग्दैछ। नेपाली समय अनुसार ग्रहण ११ बजेर ४ मिनेटमा शुरु हुनेछ भने ३ बजेर २२ मिनेटमा समाप्त हुनेछ।

ग्रहण अन्टार्कटिका, दक्षिण अफ्रिका, दक्षिण अमेरिका जस्ता महादेशहरुबाट देखिनेछ। वृश्चिक राशि र ज्येष्ठा नक्षत्रमा लाग्ने ग्रहण नेपालबाट भने देखिनेछैन। ग्रह नेपालबाट नदेखिने हुँदा ग्रहणको सुतक भने लाग्नेछैन।

शनिबार सूर्य ग्रहण लाग्दा सूर्यको केतुसँग संयोग बन्नेछ भने चन्द्रमा र बुधको योग पनि बन्नेछ। सूर्य र केतुको प्रभावले दुर्घटनाको सम्भावना बढ्न सकनेछ। राजनीतिक उथलपुथलको सम्भावना पनि रहन सक्ने ज्योतिषीहरु बताउँछन्। सुतक नलागेपनि ग्रहणको सम्पूर्ण राशिमा असर भने पर्नेछ। कुन राशिलाई कस्तो प्रभाव पर्ला ?

सूर्य ग्रहण लाग्दा मेष राशि हुनेहरुले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। दुर्घटना दखि बेच्नको लागि संयमता आवश्यक रहला। त्यस्तै वृष राशि हुनेहरुले व्यापारमा केहि समस्याको सामना गर्नेछन्। वैवाहिक जीवनमा समेत समस्या देखिन सक्ने हुँदा ध्यान पुर्याउनु होला।

सूर्य ग्रहण मिथुन राशि हुनेहरुका लागि भने शुभ रहने देखिन्छ। सम्पूर्ण बाधा-अड्चन देखि छुटकारा मिल्नेछ भने नयाँ कार्य थालनीको वातावरण पनि बन्नेछ। त्यस्तै कर्कट राशि हुनेहरुको भने स्वास्थ्यमा समस्या देखिन सक्छ। मानसिक रुपमा तनाव पनि बढ्न सक्ला।

सिंह राशि हुनेहरुलाई ग्रहण त्यति शुभ रहने छैन। अनावश्यक तनाव बढ्नेछ भने साना-साना कुरामा पनि विवाद हुनेछ। कन्या राशि हुनेहरुले पनि सूर्य ग्रहणका लागि केहि राहत महशुस गर्नेछन्। रोकिएका सम्पूर्ण कार्य पूरा हुनेछन्। तुला राशि हुनेहरुको पारिवारिक जीवनमा समस्या पैदा हुन सक्नेछ।

वृश्चिक राशिका व्यक्तिहरूले हरेक काम र निर्णयमा सावधानी अपनाउनु पर्नेछ। धनु राशिका व्यक्तिहरूले दुर्घटना र असफलताबाट आफूलाई बचाउन मिहिनेत गर्नुपर्नेछ। मकर राशिको जीवनमा ठूलो र लाभदायक परिवर्तन हुनेछन्।

कुम्भ राशिका व्यक्तिले काममा सफलता मिल्नेछ। प्रेम जीवन पनि सुखद रहनेछ। त्यस्तै मीन राशिका व्यक्तिहरूले निर्णय गर्दा सावधानी अपनाउनु होला। प्रेम जीवनमा पनि संयमता आवश्यक पर्नेछ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१४:५६

सन् २०२१ को अन्तिम महिना कसलाई कति शुभ रहला ? हेर्नुहोस् डिसेम्बरको मासिक राशिफल !